आज फागुन १२ गते आइतको राशिफल पढौ, माता मनकामनाको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं



हाम्रो इकोनोमि

 

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

त्बगचगकसानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट विशेष सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाबाट नयाँ कामको अवसर प्राप्त हुनेछ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह

फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। अध्ययनमा सामान्य उपलब्धि हुनेछ। काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला। प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। व्यवसायमा सोचेको धनलाभ नहुन सक्छ।

 

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। परिस्थिति अलि संघर्षपूर्ण रहने देखिन्छ। काममा योजना बनाएर अघि बढ्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले मात्र साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले साथ दिनेछ। आस मारेको कामको नतिजा समेत सकारात्मक हुन सक्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

आश्वासन बाँड्नेहरूले व्यवहारमा झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। व्यावहारिक समस्याले सताउन सक्छ। तापनि हिम्मतले काम लिँदा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। फाइदाका लागि पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अग्रजहरूको सहयोग प्राप्त हुनाले बिस्तारै काम सम्पादन हुनेछन्।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो 

अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला। समयको महत्त्वलाई ख्याल गर्नुहोला, लगनशीलताले काम बन्न सक्छ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते 

आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ। अवसर प्राप्त भए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। तापनि मिहिनेत गर्दा केही अवसर प्राप्त हुनेछन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ।

 

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु 

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह भने जगाउनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। रकम हातलागी हुनेछ तर ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि 

बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द 

ब्त्रगबचष्गकअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइने परिस्थिति देखिन्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि योजना बन्नेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। तापनि, प्रयत्न गर्दा जिम्मेवारी पाइनेछ र केही काम बन्नेछन्। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ।

नेपाली पात्रो

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...