बञ्चरोले श्रीमतीको टाउको काटेर पुलिसथाना पुगे श्रीमान



हाम्रो इकोनोमि

 

भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर थाना पुगेका छन् । घटना बुधबारको हो । मुरैनाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् ।

पुलिस अधिकारी रियाज इकबालले भने, ‘घटना बुधबारको हो । कल्याण शाक्यवार आफ्नी श्रीमतीको टाउको काटेर थाना पुगेका थिए । उनले आफ्नी श्रीमती पंकजको हत्या गरेको हामीलाई बताए ।

उनलाई तुरुन्त पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिएको छ । उनी बसेको गाउँमा पुलिसले छानबीन गरिरहेको इकबालले जानकारी दिए । श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको कल्याणले पुलिसलाई बताएका छन् ।

स्थानीयलाई उद्धृत गर्दै पुलिसले उनीहरुको दैनिक जसो झगडा हुने गरेको बताए । पुलिसले भने, ‘बुधबार पनि दुईजना बीच झगडा भयो ।

विवाद यति बढ्यो कि कल्याणले पंकजको टाउको बञ्चरोले काटिदिए ।’उनीहरुको विवाह भएको १० वर्ष भइसकेको थियो । यी दुईका तीन सन्तान पनि छन् ।

पुलिसका अनुसार पंकजको हत्या गरेपछि कल्याण उनको टाउको हातमा लिएर महुआ थाना पुगेका थिए । हातमा महिलाको टाउको देखेर सबै डराए । कल्याणलाई त्यसपछि पक्राउ गरियो ।

पुलिसका अनुसार घटनाका बेला उनीहरुका सात वर्षका जेठो छोरा घरमा थिए । पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...