ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको समर्थन



हाम्रो इकोनोमि

 

एलपी ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताले पनि ऐक्यवद्धता जनाएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको हो ।

यसअघि गत बिहीबार उद्योगीहरुले विभिन्न १० बुँदे माग राखेर पूरा गर्न १० दिनको अल्टिमेटम दिएका छन् । त्यसको दुई दिनपछि बिक्रेताहरुले पत्रकार सम्मेलन गरी उद्योगीको मागमा ऐक्यवद्धता जनाएका हुन् ।

संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रि वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताए । सरकारले लामो समयसम्म पनि आफ्ना सुनुवाई नगरेको कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको अध्यक्ष श्रेष्ठले बताए ।  सरकारले जायज मागहरु पूरा गरे आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने उनले बताए ।

‘एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा हामी देशैभरी बिक्रेताहरुको समर्थन रहेको छ’, संघका महासचिव विनोद काफ्लेले भने, ‘हाम्रा मागहरु पूरा नभए फागुन ३० गते ग्यास बिक्री वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डर सम्बन्धित निकायमा बुझाउछौं ।’

संघले ६ बुँदामा आफ्ना मागहरु अघि सारेको छ । उद्योगीहरुको माग पूरा गर्नुपर्ने, बिक्रेता प्रमाणीकरण प्रक्रिया तत्काल शुरु गर्नुपर्ने, बिक्रेता वितरकको कमिसन मूल्यको कम्तीमा ६ प्रतिशत हुनुपर्ने रहेका छन् ।

यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बीमा गरिनुपर्ने र ग्यास बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...