प्रधानमन्त्री र पार्टीले हटाउँनुपर्दैन आफै मन्त्री पदबाट हट्छु : मन्त्री बलदेव



हाम्रो इकोनोमि

 

 

 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमाल दाहाल पचण्डले सरकारका मन्त्रीहरु फेरवदल गर्ने भन्ने हल्ला आएपछि संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहेमा मन्त्रीमण्डल फेरवदल गर्नु कुनै नौलौ कुरा नभएको बताए, उनले राम्रो काम गर्न नसके स्वयम आफै हट्नुपर्छ, मलाई प्रधानमन्त्री र पार्टीले हटाउँनुपदैँन, राम्रो काम गरेको छैन, भने आफै मन्त्री पदबाट हट्छु ।

जुनसुकै पार्टीको सरकार सत्तामा आएपनि टिकाटिप्पणी हुन्छ, प्रतिपक्ष दलले सरकारले गरेका काम प्रतिपक्षबाट आलोचना आउँनु सरकारले अपेक्षा गरेको पनि हुन्छ तर पार्टी पंङतीले वाहिर सरकारको राम्रो कामको प्रचार गर्ने, पार्टी भित्र आलोचना गर्नुपर्छ, उनले भने ।

उनले सरकारले राष्ट्रिय स्तरका महत्वका गौरबका योजना सहित अगाडि बढेकोले अबको १० वर्षभित्रमा नेपालमा प्रन्ध हजार मेगावाट् विद्युत उत्पादन गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खनालले सरकारले कृषि, पर्यटन, उर्जालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढेकाले प्रतिपक्षले सरकारको आलोचना गर्नु धर्म भएको बताउदै कृषिमा किसान सगँ जोडिनु कार्यक्रम बनाएकोले कृषिमा आधुनिकिकरण गर्न आबश्यक जमिन नरहेको र बास्तविक किसानको लागि पेन्सनको समेत व्यबस्था गरेको बताए ।

मन्त्री खनालले भने, सरकारले अहिले केहि मन्त्रालय र केहि कामलाई प्राथमिकता दिँदा कृषिमा राम्रो योजना बनाएका छौँ, त्यो कार्यान्वयन हुन् केहि समय लाग्छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...