प्रधानमन्त्रीको गृह जिल्लाबाट देश नियाल्दै पूर्वराजा, भित्रि मधेस छिर्ने तयारी



हाम्रो इकोनोमि

 

झन्डै एक महिनादेखि राजधानी बाहिर रहेका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले झापास्थित हिमालय टि गार्डेनमा आराम गरिरहेका छन् ।

पत्नी तथा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित झापामा रहेका उनले मुलुकको राजनीतिक अवस्था र घटनाक्रमलाई नियाँलिरहेको उ नीनिकट स्रोतले जनायो ।

बाराको सिमरा हुँदै तराईका विभिन्न जिल्ला छिचोलेर स्थलमार्गबाट दुई साताअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा आइपुगेका थिए ।

‘मुलुकमा बढिरहेको बेथिति र राजनीतिक घटनाक्रमलाई उहाँले नियाँलिरहनु भएको छ’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘केही समयपछि भित्रि मधेसको पनि भ्रमणको तयारी भइरहेको छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह केही समय झापामा नै रहनेछन् । उनले राजावादी हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गरिरहेका कतिपयसँग परामर्श र छलफल पनि जारी राखेका छन् ।राजसंस्था र हिन्दुत्व कायम राखी मध्य फागुनदेखि राप्रपाले पनि देशव्यापी प्रदर्शन पूर्वी जिल्लाबाट थाल्ने भएको छ ।

सम्भवतः राप्रपा अध्यक्ष कमल थापाको अभियान सुरु भएपछि पूर्वराजा मध्य मधेसतिरको भ्रमणमा निस्कनेछन् ।

स्रोतका अनुसार थापाले पूर्वराजासँग झापामा भेट गर्न सक्नेछन् ।यता, जनतासँग प्रत्यक्ष भेटघाट र छलफलका लागि पूर्वराजाले सुनसरी, सप्तरी, सिरहा, धनुषालगायतका जिल्लाको भ्रमण तयारी गरेका छन् ।

शिव सेना प्रमुख बस्नेतका अनुसार आउने सातादेखि उक्त भ्रमण हुन सक्छन् । सुरक्षा र प्रबन्धका लागि शिव सेनाले आफ्ना जिल्लाका पदाधिकारीलाई निर्देशन पनि दिइसकेको छ ।

पूर्वराजाले राजनीतिक घटनाक्रमलाई गहन हिसाबले नियालेको उनीद्वारा प्रजातन्त्र दिवसमा अवसरमा ७ फागुनमा जारी भएको विज्ञप्तिले पनि पुष्टि गर्छ ।

विद्यमान राजनीतिक अवस्था, भ्रष्टाचार र आयातित विषयमा राज्यसँग जनता असन्तुष्ट रहेको भन्दै जनचाहनाअनुसारको काम गर्न उनले झापाबाटै विज्ञप्ति जारी गरेका थिए ।

राजनीतिक दल र राजसंस्थाको सहकार्यमा नेपालमा प्रजातन्त्र स्थापित भएको भन्ने सन्देशसहित उनले जनचाहनाअनुसारको काममा सक्रिय हुनुपर्ने सूझावपूर्ण वक्तव्य जारी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...