२०७६ सालको पात्रो सार्वजनिक , दसैँ असोज १२ गतेदेखि शुरु , हेर्नुहोस कुन चाड कहिले कहिले परे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको नया पात्रो सार्वजनिक गरेको छ ।हालै सार्वजनिक भएको पात्रो अनुसार २०७६ सालको दसैँ असोज १२ गतेदेखि शुरु हुनेछ ।
पात्रो अनुसार फुलपाती १८ गते १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ।
त्यस्तै पात्रो तयार भएपछि यहि महिनाभित्र पात्रो बजारमा आउने भएको हो।त्यस्तै कात्तिक १२ गते भाइटिका , कार्तिक १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा , वैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ। त्यसैगरी भदौ ६ गते कृष्ण जन्माष्टमी र गौरा पर्व एकै दिन परेको छ ।
कार्तिक १६ गते छठ परेको छ।पात्रो तयार भएपछि यहि महिनाभित्र पात्रो बजारमा आउनेछ ।

