‘म मरेको छैन भन्दा पनि प्रहरीले मुखमा बुटले टेकेर अव मर भने’ : पिडीत मणिकुमार



हाम्रो इकोनोमि

 

 

इलामको माइ नगरपालिका २ का ३७ बर्षिय मणिकुमार नेपाली भद्रपुर रोडमा घर निर्माणको काममा सक्रिय थिए ।

घर बनाउँदै गर्दा त्यो दिनको काम सकिएपछि उनले ठेकेदारलाई आज आधा दिन मात्र काम गर्ने भनेर बिदा मागे । ठेकेदारले पनि बिदा दिए ।

त्यसपछि उनी कोठा तर्फ लागे ।

त्यो दिनको बिर्तामोडको माहौल अन्य दिनको भन्दा फरक थियो । अर्जुनधारा ११ का ११ बर्षिय बालक लक्ष्मण शिवाकोटीलाई दशैको टिकाको दिन बिदेशबाट आफन्तले ल्याइदिएको जुत्ता लिन बिर्तामोड आएको समयमा पोखरेल परिवारले हत्या गरेको आरोप लगाउँदै प्रहरी र स्थानीयबासीबीच झडप भइरहेको थियो । नेपालीलाई उनका साथीहरुले आन्दोलन गर्न उक्साए ।

उनी पनि आन्दोलनमा सहभागि भए । ‘दुइ चार ढुङगा चै हानेको हो मैले पनि, नेपालीले भने–‘एकैछिनमा प्रहरीले चलाएको एउटा गोली देब्रे, हात, ढाड हुँदै नाइटोबाट निस्कियो ।’ उनी जमिनमा लडे ।

स्थानीयले बोकेर हस्पिटल लान खोजे । तर, प्रहरीले उठाउन दिएन । नेपाली सँगै गोली लागेका नरेश थापाको घटनास्थलमा मृत्यु भएको थियो ।

आन्दोलनकारीका सामाजिक सञ्जाल दुइजनाको मृत्यु भएको खबरले रङ्गियो । त्यसपछि आन्दोलन मथ्थर पनि भयो । प्रहरी पनि झडपमा दुइजनाको मृत्यु भएको निष्कर्षमा पुग्यो ।

 

नेपालीको मेची अञ्चल अस्पताल, बिर्तामोडको बिएण्डसी, बिराटनगरको न्युरो हुँदै काठमाण्डौको ट्रमा सेन्टरमा उपचार गरियो । चार महिनाको लगातार उपचारपछि उनी घर फर्किए । घर फर्किएपछि नेपालीका दुखका दिन शुरु भए । उनको उपचार त सरकारले ग¥यो । तर, उपचारका क्रममा लागेको भाडा र कुरुवाको खाना खर्चले मजदुर नेपालीको ऋणले डाँडो काट्यो ।

‘सहकारीबाट २ लाख रुपैंयाँ किस्तामा निकाले, ऋण तिर्ने कुनै माध्यम भएन, श्रीमतिलाई अर्काको घर सफा गर्न पठाउँदै आएको छ, उनैले मुस्किलले किस्ता तिर्दै आएकी छन् ।’ नेपालीका ९ बर्षको एकजना छोरा छन् । काम गर्न सकेका छैनन् । तिनजनाको पेट पाल्न श्रीमतिको मिहेनतले पुग्न सकेको छैन । ति माथि डेराको बास ।

बिर्तामोड ५ मा प्रेमकुमार लिम्बुको घरमा डेरा बस्छ नेपाली परिवार । झण्डै १ बर्षदेखि भाडा तिर्न नसकेकोले उनलाई घर खाली गर्न लाउन पनि सकेका थिएनन लिम्बुले । नेपालीको पीडा लिम्बुले नजिकबाट बुझेका थिए । ‘दाह्ी ग्याङ’ नामको युवाहरुको समुहले स्थापनाको तेस्रो बार्षिकोत्सबको अवसरमा २० हजार रुपैंया नेपालीको परिवारलाई प्रदान ग¥यो । तेही रकम भाडा बापतको तिरे । नेपालीले अझै भाडा चुक्ता गर्न भने सकेका छैनन । अब उता कसरी गुजारा गर्ने भन्ने कुराले उनलाई पिरोलेको छ ।

नेपालीका छोरा रोनित बिर्तामोडको देवी माविमा कक्षा २ मा अध्ययन गर्छन् । सरकारी बिद्यालय भएपनि कपडा, झोला, किताब, कापी डटपेनको समस्या रहेको थियो ।

 

गएको जेठमा थप उपचारका लागि नेपाली ट्रमा सेन्टर गएका थिए । डाक्टरले भुडीमा मासु पलाएको छैन भनेर फिर्ता गरे । अब मासु लाग्दै छ एक बर्षपछि जान्छु, नेपालीले भने । गोली लागेको उनको देब्रे हात चल्दैन भने भुडीमा बेल्ट लगाएर सामान्य हिडडुल गर्दै आएका छन् ।

शिवाकोटीको मृत्युपछि उठेको आन्दोलनमा तत्कालिन आन्दोलनकारी र राज्यपक्षबीच सहमति भयो । आन्दोलन तत्काल सेलायो । राज्यले घाइतेको उपचार गर्ने, उचित राहत प्रदान गर्ने, घटनाको निष्पक्ष छानविन गर्ने, घटनामा संलग्न दोसीलाई कारवाही गर्ने लगायतका सहमति गरियो । तर, आन्दोलनकारीले सबैभन्दा धेरै आरोप लगाएका इलाका प्रहरी कार्यालयका तत्कालिन डिएसपी राजकुमार सिलवाललाई निलम्बन गरियो ।

छानविनका क्रममा पोखरेल परिवारले बालकको हत्या गरेको प्रमाणित भएन । बालकको पोष्टमार्टम रिपोर्टमा पनि हत्या भएको यकिन भएन । आरोप लागेर पक्राउ परेका पोखरेल परिवारका तीन सदस्य पनि सादा तारेखमा छुटिसकेका छन् । यद्यपी मुद्दाको किनारा लाग्न भने बाँकी रहेको बताइएको छ ।

सहमति अनुसार नेपालीले क्षतिपुर्ती पाउन नसकेको गुनासो गरेका छन् । इलामको माइ नगरपालिकाले ४० हजार दियो, चन्दा समेत गरेर ७०, ८० हजार रुपैंयाँ एकजना आफन्तले खाइदिएको गुनासो उनले गरे । ‘जिवनभरका लागि अपाङग भए, नेपालीले भने–‘अब के गरेर खानु हो ।’ उनले त्यो दिन साइटमा धेरै काम भएको भए आफु घाइते नहुने उनी सोच्न थालेका छन् । उनले जिविकोपार्जका लागि पहल गरिदिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...