२२ वर्षीया सिर्जनाको घटनास्थल मै ज्यान गयो !



हाम्रो इकोनोमि

 

 

ताप्लेजुङ सदरमुकाम फुङलिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।

दुर्घटनामा देउमाई नगरपालिका–१ की २२ वर्षीया सिर्जना गुरुङको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक अमिर वर्देवा घाइते भएका हुन् ।

पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङ निवासी अमिरको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्लाप्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार दिउसो ना २१ प ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो ।

फुङलिङ बजारस्थित मालपोत कार्यलयबाट मेची राजमार्गतर्फ जाने क्रममा ना. २१. प. ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो ।

मृतक गुरुङ सिंचाई कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक थिइन् भने वर्देवा नृत्य प्रशीक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जयसिंह थापाले बताए ।

यो पनि पढ्नुस

हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ ।

दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।

त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।

मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...