रबिलाइ नै धरधरी रुवाउने गरि कसले लेख्यो यस्तो भावनात्मक खुल्ला पत्र पढ्नु होस् !



हाम्रो इकोनोमि

 

 

प्रिय मित्र रबि लामिछाने ज्यु नमस्कार

आज हाम्रो देशबाट इमान्दार र असल मान्छेहरु पलायन हुन बाध्य छन् । नेपाललाई माया गरेर समाजमा केहि सकारात्मक काम गर्नेहरु विरुद्ध अनेकौं प्रश्न उठेको छ । लाखौं मान्छेलाई परेको पिडामा मलम लगाउने विरुद्ध चर्चा र परिचर्चा हुनु स्वभाविक नै हुन्छ ।

धर्म गर्नेहरुलाई नर्कमा पुर्याउने समाजको उल्टो बाटोमा छौ । निस्वार्थ भावका साथ समाजको अनेकौं दुःखमा मलम लगाउने तपाईंको साहसिक कदम प्रति म सधैं सम्मान व्यक्त गरिरहने छु ।

न्याय अधिकार र उद्धार राहत प्रदान गर्ने असल पात्र तपाईंहरु हजारौं चेलीबेटी विदेश बाट उद्धार गरि न्याय दिलाउनु भएको छ । तर आज तपाईंलाई कुन रूपमा पारिवारिक कुरामा जोडियो यो बिलकुल गलत विषय हो । पारिवारिक कुराको विषय समाधानको अनेकौं बाटोहरु छन् । गरिब दुःखीहरुको आवाज बोल्ने भ्रष्ट,तस्करहरुको पर्दाफास गर्ने त्यो साहसिक कदममा कहिले पनि कमि नहोस् । बरु झन खरो झन् बलियो र झन आटिलो भएर आउनुहोला । तपाईं सँग अझै ठुलो आसा,भरोसा र अपेक्षाहरु छन् ।

जीवनमा अनेक दुख र संघर्ष बाँकी नै छन । पसिना बेच्न प्रदेश पुगेको युवा युवतीलाई अनेक यातना गृहमा राखिन्छ । उद्धार गर्न रबि लामिछाने चाहिने हो भने धेरै बिरोध होइन बरु सकारात्मक आलोचना र अझै ठूलो सामाजिक कामको अपेक्षा गर्नुपर्छ । मन्दिरमा पुज्ने मुर्ति मनोबल बढाउनको लागी पुजा गरिन्छ । तर असल मुर्ती अन्याय परेकाहरुको आँसु पुछ्दै न्याय दिलाउन सहयोग पुर्याउनलाई मानिन्छ । जसले पिडितको सहयोग गर्छ त्यहीँ नै पीडितको भगवान हो । अझै धेरै सामाजिक कामको अपेक्षा सहित हृदय देखी सम्मान…

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...