राष्ट्रिय स्वार्थलाई माथि राख्न प्रधानमन्त्रीको आग्रह



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दलीयभन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्न सबैमा आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण जनान्दोलन र राष्ट्रिय आवश्यकताबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धितर्फ लान सबैको भूमिका आवश्यक रहेकामा जोड दिएका हुन् ।

प्रधानमन्त्री ओलीसमक्ष राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थासहित सबै दल अटाउने गोलमेच सम्मेलन गर्न र हिन्दू राष्ट्र स्थापनालगायत २२ बुँदे माग पेश गरेका थिए । राप्रपाले आज सबै प्रदेश र जिल्लामा सो मागपत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...