होस्टलको कोठाभित्र झुण्डिएर एक बालकको मृत्यु



हाम्रो इकोनोमि

 

बुढानिलकण्ठ नगरपालिका भंगालको दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा एक जना बालकको रहस्यमय मृत्यु भएको छ  मुगुको सोरु गाउँपालिका–२ घर भएका १२ वर्षीय समुन्द्र मल्लको मृत्यु भएको हो । शिक्षकहरुका अनुसार कक्षा २ मा अध्ययरत उनी सोमबार अपरान्ह होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।

 

‘कोठामा रहेको दुई तले खाटको माथिल्लो पट्टी रहेको फलाममा सलले झुण्डिएको अवस्थामा हामीले देखेका हौं’, एक शिक्षकलाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘लगत्तै, सलबाट निकालेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगेका थियौं ।’

 

तर, त्यसबेलासम्म प्रहरीको कुनै पनि युनिटमा खबर भएको थिएन । एकैपटक हस्पिटल पुर्‍याएपछि मात्रै प्रहरीले खबर पाएको हो । कक्षा २ मा पढ्ने विद्यार्थीले आत्महत्या गरेको शिक्षालयले दाबी गरे पनि स्थानीयले घटना रहस्यमय भएको बताउँछन् ।

 

प्रहरीले पनि हालसम्म बालकले आत्महत्या गर्नुको कारण पत्ता लगाएको छैन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी फणीन्द्र प्रसाईं घटनाको विषयमा अनुसन्धान भइरहेको बताउँछन् । उनले घटनाबारे प्रहरीलाई ढिला गरी सूचना आएको स्वीकारे । सोमबार दिउँसो ती बालक टाउको दुख्यो भनेर कक्षाबाट निस्किएको शिक्षकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...