गोरेका भाइले प्रहरीलाई टेन्सन



हाम्रो इकोनोमि

 

वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे
सुनकाण्ड खै कहाँ पुग्यो जेलमै छन् कि छुटे
ठूलै नेता भ्रष्टाचारी न डराउँछन्–लुक्छन्
कार्यकर्ता क्यै बुझ्दैनन्, कुकुर जस्तै भुक्छन् 

 

यो हाल निकै चर्चित भएको र विवादमा परेको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा,’ गीतको अन्तरा हो । बहुचर्चित सुन तस्करी प्रकरणको अनुसन्धान पूरा नगरेको भन्दै यो गीतमा समेत आलोचना गरिएको छ ।

 

वास्तवमै सो प्रकरणका धेरै पाटो अझै रहस्यमै छ । हराएको भनिएको साढे ३३ किलो सुन अझै भेटिएको छैन भने कतिपय ठूला व्यापारीहरु अझै फरार छन् ।

 

 

 

कतिपयलाई विदेशमा पक्राउ गरेर समेत ल्याइएको छ । तर, विदेशबाट पक्राउ गरेर ल्याउन सहज छैन । जस्तो कि सो समूहका कुख्यात पात्र चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती दुबईमा पक्राउ परेका सात महिना भइसक्यो प्रहरीले अझै उनलाई नेपाल ल्याउन सकेको छैन ।

 

नेपाल प्रहरीको आग्रहमा असारको अन्तिम साता उनलाई यूएईको प्रहरीले पक्राउ गरेको थियो । विभिन्न कारण देखाउँदै अहिलेसम्म दुबईले नेपालमा डिपोर्ट गरेको छैन । विभिन्न कागजात माग्दै उनलाई डिपोर्ट गरिएको छैन ।

 

हुन त उनी अहिले थुनामा छैनन् । उनलाई तारेखमा राखेर छाडिएको छ । दुई देशबीच सुपुदर्गी सन्धि नहुँदा यसरी नेपाल ल्याउन ढिलाइ भएको हो ।

 

यूएईका लागि नेपालसँग सुपुदर्गी सन्धि गर्न कुनै आवश्यकता छैन । तर, नेपालमा अपराध गरेर धेरै युएईमा भाग्ने तथा युएईबाटै पनि नेपालमा अपराध गर्नेहरुको संख्या ठूलो छ । यस्तो अवस्थामा यूएईसँग सन्धि गर्न अत्यावश्यक भइसकेको छ । तर, राज्यको माथिल्लो निकायमा भएकाहरुलाई यसबारे कुनै चासो छैन । त्यसको दुःख अहिले प्रहरीले भोगिरहेको छ ।

 

अभियोगसम्बन्धी सबै फाइल अरबिक भाषामा ट्रान्सलेसन गरेर पठाइसकेको छ । अभियोजन फाइल धेरै लामो भएकाले एक व्यक्तिको लागि झन्डै एक लाख रुपैयाँ खर्च हुने गरेको छ । त्यसरी ट्रान्सलेसन गरेर पटक–पटक विभिन्न विवरणहरु पठाउँदा पनि युएईको अदालतले डिपोर्टका लागि आदेश दिइसकेको छैन ।

 

दुबईमा पक्राउ परेका बेनु श्रेष्ठलाई प्रहरीले ल्याइसकेको छ । उप्रेती र गत महिना पक्राउ परेका हरिशरण खड्कालाई ल्याउने काम भने प्रक्रियामै छ । सो प्रकरणमा अझै एक दर्जन भन्दा धेरै फरार छन् । जसमध्ये झापाको गौरदह–१८ का भोजराज भण्डारी, सुनसरी धरान–३ स्थायी ठेगाना भएका मोहनकुमार अग्रवाल, काठमाडौं–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई–१२ का रोहित आचार्य, सोलुखुम्बु दुधकुण्ड– ८ का टुकबहादुर मगरविरुद्ध रेड नोटिस जारी भएको छ ।

 

त्यस्तै, सुनसरीको धरान–२ का कृष्ण बस्नेत, झापा शिव सतासी–६ घर भएका कृष्ण गोपाल अग्रवाल, मोहम्मत उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । गिरोहका मुख्य नाइके मोहनकुमार अग्रवालको धेरै सम्पति जफत भएपनि उनी पनि भेटिएका छैनन् ।

दिृष्टिबाट

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...