प्रधानमन्त्री ओलीलाई चाइना घुमाएको हिमालय एयरलाइन्समाथि यसरी बर्साइने भो डण्डा,यस्तो छ काण्ड



हाम्रो इकोनोमि

 

सन् २०१८ जुलाईदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तिर्नुपर्ने विमानस्थल सेवाशुल्क रकम दाखिला नगरेपछि विमानस्थल कार्यालयले हिमालय एयरलाइन्समाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। कार्यालयले एयरलाइन्सलाई समयमै रकम दाखिला गर्न शुक्रबार नै पत्राचार गरेको जानकारी दिएको छ।

 

यसअघि पटक–पटक रकम दाखिला गर्न पत्राचार गरेको विमानस्थल कार्यालयले अन्ततः कानुनी प्रक्रियाअनुसार कारबाही अगाडि बढाउनलागेको हो। उक्त एयरलाइन्सले २०१८ जुलाई महिनायता विमानस्थल कार्यालयलाई सावाँ र विलम्ब शुल्कसहित २० करोड रुपैयाँ तिर्न बाँकी छ।

 

एयरलाइन्सले बक्यौता रकम तिर्नको लागि मागेको एक महिनाको समय फागुन ४ मै सकिएको छ। ‘गत शुक्रबार हामीले एयरलाइन्सलाई समयमै रकम दाखिलाका लागि पत्राचार गरिसकेका छौँ, अबको एकरदुई दिनमा रकम दाखिला नगरे हामी कानुनी कारबाही सुरु गर्छौँ’, विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘तोकिएको समयसीमाभित्र रकम दाखिला नभए जहाज ग्राउन्डेड वा जफत जे पनि हुनसक्छ ।’ प्रमुख क्षेत्रीले कार्यालयसँग नियमित फोन सम्पर्कमा एयरलाइन्सले रकम दाखिला गर्ने बताए पनि लिखित रुपमा कुनै पनि जानकारी नआएको बताए।

 

वायुसेवा कम्पनीहरूले विमानस्थललाई सेवा शुल्कअन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ।

 

हिमालय एयरलाइन्सले पुसको अन्तिम साता रकम तिर्दै बक्यौता रकम दाखिला गर्न १० दिनको समय मागेको थियो। एयरलाइन्स आफैँले मागेको १० दिनमा रकम जम्मा गर्न नकसेपछि गत माघ ४ गते एक महिनाको समय माग गरेको थियो। रकम तिर्न आनाकानी गर्न थालेपछि एयरलाइन्सले मागेको एक महिनाको समयसीमा अनुसार विमानस्थल कार्यालयले दुई दिन अगाडि नै रकम दाखिला गर्न पत्राचार गरेको थियो।

 

चारवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको यो एयरलाइन्ससँग एयरबस ए–३२० सिरिजका १ सय ५८ सिट क्षमताका तीनवटा विमान रहेका छन्। ती प्रत्येक विमानमा ८ बिजनेस र १५० इकोनोमी क्लासका सिटहरू छन्। यो एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित रहेको छ।

 

भाडामा लगाउने तयारी अब के हुन्छ

नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले एउटा एयरबस ३२० विमान भाडामा लगाउने तयारी केही दिनअघि गरेको थियो। विमानस्थल कार्यालयमा बक्यौता रकम तिर्न नसकेको एयरलाइन्सको भाडामा लगाउने तयारी पछिल्लो घटनाक्रमले के हुने भन्ने अन्योल बढेको छ।

 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले केही समयअघि ‘छोटो समयका लागि भाडामा दिने कि भनेर कुरा उठेको बताएका थिए। उनले कुरा उठे पनि भाडाको मोडालिटी तय नभइसकेको बताएका थिए। कम्पनीले ओमान एयरलाई तीन महिनाका लागि एयरबस ए–३२० सिरिजको विमान भाडामा दिने तयारी गरेको थियो। हिमालय एयरलाइन्सको बिमान चढेर प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री हुदा चाइना गएका थिए।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...