अख्तियारका पूर्वआयुक्त पाठकलाई जेल हाल्नुपर्छ, भ्रष्टाचारीको दिन गन्ती शुरु : अध्यक्ष पौडेल



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त भ्रष्टाचारी राजनारायण पाठकलाई जेल हाली कानुनी कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वआयुक्त पाठकले राजिनामा लेखे पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनलाई कानुनी कारवाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष पौडेलले वर्तमान सरकारले भ्रष्टाचार विरुद्धमा महाअभियान सञ्चालन गरिरहेकोले एक एक गरी भ्रष्टाचारीको पर्दाफास हुने थालेको बताउनुभयो ।

उहाँले कुनै पनि भ्रष्टाचारीलाई सरकारले कारवाही गर्न नसके युवा संघ नेपालले कारवाही गरेरै छोड्ने बताउनुभएको छ ।

उहाँले भ्रष्टाचार सानो र ठूलो नहुने भन्दै देशलाई बदनाम गराउने र देशको ढुकुटी अनावश्यक रुपमा सिध्याउने जो कोहीलाई कानुनी दायरामा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी दिनमा युवा संघ नेपालले भ्रष्टाचार विरुद्धको कारवाही गर्ने महाअभियान देशभरी सञ्चालन गर्ने तयारी गरिरहेको समेत जानकारी गराउनुभयो ।

नेपाल भ्रष्टहरुको खेती गर्ने थलो नभई आम युवाहरुले आफ्नो भाग्य र भविष्य खोज्ने थलो भएको बताउनुभयो ।

भ्रष्टाचार गरी देशको ढुकुटी रित्याउने अनि देशमा युवाहरु रोजगारीको लागि विदशी भूमिका भैतारीनुपर्ने बाध्यताको अन्त्य गराएरै छोड्ने दृढता व्यक्त गर्दै अवको पाँच वर्षमा युवाले रोजागरीको लागि विदेशीनु पर्ने दिनको सदाको लागि अन्त्य हुने बताउनुभयो ।

वर्तमान सरकार देश र जनताको पक्षमा सुशासन र समृद्धिको बाटोमा रहेको बताउँदै अध्यक्ष पौडेलले अव भ्रष्टचारीको दिनगन्ती शुरु भएको बताउनुभयो ।

उहाँले विकासमा ढिलासुस्ती गरी आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नेको जमना समाप्त भएको भन्दै राष्ट्रिय हित र गौरव नै अहिलको अपरिहार्यता भएको बताउनुभयो ।

देशलाई समृद्धिको बाटोमा अघि बढाउन सरकारको साथमा सवै राजनीतिक दल तथा आम युवाहरु एक ढिक्का हुनुपर्ने बताउँदै यो वा त्यो बहानामा विकास विरोधी गतिविधि गर्नेलाई युवा संघले प्रत्यक्ष निगरानी गरिरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...