चीनबाट ल्याउँदै गरेको ४ सय ६२ ग्राम सुनसहित रसुवाका दावा छिरिङ तामाङ पक्राउ



हाम्रो इकोनोमि

 

चीनको केरुङबाट अवैध रूपमा ल्याएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ ,थुमनका दावा छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चीनको केरुङबाट काठमाडाैँ जाँदै गरेका तामाङ ४ सय ६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

 

 

केरुङबाट शुक्रबार काठमाण्डौ जान लागेका तामाङलाई गोसाईकुण्ड गाउँपालिका–६ खोपाङ भीरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रञ्जन अवालेले बताए । तामाङ केरुङको एक होटलमा कार्यरत थिए । बरामद सुनको मूल्य २४ लाख ५९ हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

 

साढे २३ किलो अवैध सुनकाण्डमा सुरज : डीआईजीको ‘घुस उठाउने’ घुमुवादेखि सुन तस्करसम्म

 

कञ्चनपुरमा २३ किलो ६ सय ग्राम सुन बरामद भएपछि नेपाल प्रहरीका जवान सुरज तिरुवा चर्चामा छन् । तिरुवाको घर र ससुरालीबाट सुन बरामद भएको हो ।

कञ्चनपुरमा मात्रै २ दिनको अवधिमा प्रहरी नै जोडिएका व्यक्तिको घरमा २३ किलो अवैध सुन बरामद भएपछि थुप्रै सवाल पैदा भएका छन् । सुन तस्करीमा क–कसको हात छ ? कहाँबाट र कसरी आयो यति ठूलो परिमाणको सुन ? आमचासोको सवाल बनेको छ ।

 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीवार कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका–२ दशरथबस्तीका स्थानीय शंकर भनिने भरत विकको घरमा जमिनमुनि लुकाइएको अवस्थामा १८ किलो सुन बरामद गर्यो । १२ घण्टा बित्न नपाउँदै प्रहरीले पुनः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका स्थानीय तथा प्रहरी जवान सुरज तिरुवाको घरगोठमा गाडिएको अवस्थामा ५ किलो ६ सय ग्राम सुन बरामद गर्यो । बिहीवार सुन भेटिएको घर तिरुवाको सुसुराली घर हो ।

 

प्रहरीले हाल सुरज र उनका दाजु लक्ष्मण तिरुवालाई नियन्त्रणमा लिएको छ । सुरजका दाजु लक्ष्मण भारतीय व्यापारीको सवारी चालकको रुपमा काम गर्दै आएका थिए । सुनकाण्डको थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ ।

 

डीआईजीको ‘घुस उठाउने’ घुमुवा !

हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तिरुवा त्यसअघि लामो समयसम्म क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) मा क्रियाशील थिए । अपराध अनुसन्धानको नाममा उनीलगायत प्रहरीको टोलीले विभिन्न तस्कर र आपराधिक घटनामा संलग्न व्यक्तिबाट घुस रकम असुलेर क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बुझाउँदै आएको स्रोतको दाबी छ ।

 

सुदूरपश्चिमका दक्षिणी सीमा क्षेत्रमा हुने तस्करीबाट घुस उठाउने सिलसिलामा तिरुवा सुन तस्करहरूको सम्पर्कमा समेत पुगेको हुन सक्ने प्रहरी स्रोतको अनुमान छ । सुन तस्करको  सम्पर्कमा पुगेपछि आर्थिक प्रलोभनमा परेर तिरुवा सुन तस्करहरूलाई नै सघाउन थालेका बताइएको छ ।

 

आरआईटीका घुमुवाहरू यसअघि चोरीका मोटरसाइकल बिक्री प्रकरणमा समेत मुछिएका थिए । तर प्रहरी नेतृत्वको साथ पाएपछि उन्मुक्ति पाएको स्रोतले जनाएको छ । प्रहरीभित्रै कमिशनको विषयमा कुरा नमिलेपछि सुन तस्करी प्रकरण घटना बाहिर आएको जनाइएको छ ।

 

तिरुवासहित घुमुवाको टीम चोरीका मोटरसाइकल र चरेश तस्कारीमा समेत संलग्नता रहेको आरोप लगाइएको छ । ‘तिरुवा एउटा सानो प्रतिनिधि पात्र मात्रै हुन्, उनी लगायतको टोलीले प्रहरीको उच्च अधिकारीको ठाडो निर्देशनमा तस्कर र व्यापारीबाट पैसा असुलीको धन्दामा हिँड्ने गर्दथें,’ कञ्चनपुरका वाइसीएल नेता अर्जुन साउँदले भने, ‘१ वर्षअघि नै घुस असुल्ने घुमुवालाई कारवाहीको माग गरिएको थियो । त्यतिबेला कसैले सुनेनन् । अहिले सुनसहित पक्राउ परे ।’

 

चोरीका मोटरसाइकलमा संलग्नता

आरआईटी समूहले २०७४ जेठ ४ गते कञ्चनपुरकै कलुवापुरको बन्साह जंगलबाट बरामद भएको से४प २०८५ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय झलारीमा बुझाइएको थियो । तर ईलाका प्रहरीले बरामद मोटरसाइकल भन्सारमा नबुझाई पुनः आरआईटी समूहलाई नै बुझायो । सोही विषयलाई लिएर वाइसीएल कञ्चनपुरका सदस्य सुरेन्द्र सिंहले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरेपछि प्रहरीले उल्टै सिंहमाथि सार्वजनिक मुद्दा चलायो । २०७४ जेठ १७ गते आरआईटी प्रहरीका सई लोकराज भट्ट र जवान सुरज तिरुवाको टोलीले मोटरसाइकल बरामद गरेको थियो । प्रहरीका अवैध गतिविधिको विरोध गर्दै वाइसीएल कञ्चनपुरले जेठ १८ गते प्रेस विज्ञप्ति नै जारी गरेको थियो ।

 

तत्कालीन वाइसीएल कञ्चनपुरका इन्चार्ज अर्जुन साउँदले लोकान्तरसँग भने, ‘पुलिसभित्र कुरा नमिलेपछि अहिलेको घटना बाहिर आएको हो । आरआईटी तथा बर्दीको आडमा प्रहरीले सांगठनिक रुपमा लूट मच्चाएको छ । सुरज तिरुवा मोहरा मात्रै हुन्, यिनको पछाडि डीआईजीसम्मको हात छ । सबैको सम्पत्ति नै छानबिन गर्नुपर्छ ।’

 

कञ्चनपुरमै चोरीको मोटरसाइकल नम्बर बनाउने काण्डमा समेत यिनीहरूकै हात रहेको उनले ठोकुवा गरे । आरआईटीमा रहँदा सम्पर्क र सम्बन्ध विस्तार गर्दै तिरुवाले सुन तस्करीसम्म संलग्न हुन पुगेका छन् । तिरुवा पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कैलालीको घुमुवाका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...