प्रहरी हुँ भन्दै दाङकी एक महिलालाई बलात्कार गर्ने प्रहरी हवल्दार गम्भीर चन्द पक्राउ



हाम्रो इकोनोमि

 

एक महिलालाई बलात्कार गरेको अभियोगमा दाङमा प्रहरीले एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय फूलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

बिहीबार राति स्थानीय एक महिलालाई करणी गरेको अभियोगमा चन्दलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित महिलाको मेडिकल जाँच गर्ने, जाहेरी लिने काम भैरहेको छ । घटनाका अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

आफू प्रहरी भएको बताउँदै ढोका खोल्न लगाएर मुख थुनेर ती महिलालाई बलात्कार गरेका दाबी पीडितको छ । चन्दको स्थायी घर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ हो ।

 

प्रेम दिवसकै दिन बहिनीको प्रेमीको विभत्स हत्या

 

उत्तर प्रदेश को सीतापुर जिल्लामा, एक व्यक्तिले प्रणय दिवसका दिन बहिनीको प्रेमीको हत्या गरेका छन ।

मृतक उनकै साथि रहेको जानइएको छ । आफ्नो बहिनी र साथिका बिचमा प्रेम सम्बन्ध भएको थाहा पाएपछि ति व्यक्तिले ,आफ्नै साथिको गोली हानेर हत्या गरेका हुन ।

उनलाई आफ्नो साथिको व्यवहारले रिस उठ्यो र उनले बहिनीको प्रेमीको हत्या गरे । सितापुर बसपार्क नजिकैको रेस्टुरेन्टमा हत्या गरिएको थियो ।

शानु नाम भएका ति व्यक्तिले आफ्ना ३४ वर्षीय मित्र धर्मेन्द्र सिंहलाई गोली हानी हत्या गरेपछि उनी केही समय पछि धमेन्द्रको ज्यान गएको थियो ।

प्रहरीले जानकारी अनुसार शानु घटना पछि गिरफ्तार भएका थिए । प्रहरीले हत्यामा प्रयोग गरिएको स्वदेशी पेस्तोल पनि बरामद गरेको छ ।

मृतक धर्मेन्द्र अभियुक्त शानुको घरमा भाडामा बसिरहेका थिए । उनी शानुको बहिनीसँग प्रेम सम्बन्धमा थिए ।

शानुले यो सम्बन्धको विरोध गरे तर तिनीहरू दाईको कुरा सुन्न मानेनन् । यसैले उनले धर्मेन्द्रलाई मारे ।

पुलिसका अनुसार, हत्याको यो सम्पूर्ण घटना रेस्टुरेन्टको सीसीटीवी क्यामेरामा रेकर्ड गरिएको थियो ।

विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या

धनुषा जिल्लाकाे जनकपुरधाममा  विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या भएकाे छ ।  बलाल्कार भएकी बालिकाकाे आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो ।

 

जनकपुर मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै विहेभोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

 

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले बताए ।

 

आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई बलात्कार गरी जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ । तर प्रहरीले हत्या भएपनि के, कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...