चितवनमा एम्बुलेन्सको मनोमानी, दर्ता गाँउमा सेवा शहरमा



हाम्रो इकोनोमि

 

 

विरामीलाई अस्पतालमा लैजान भनी सञ्चालनमा ल्याएका एम्बुलेन्सहरु सहरका अस्पतालको गेटमा कुर्नेगर्दा गाउँका विरामीले समयमा उपचार पाउन सकेका छैनन् ।
आपतविपद परेको समयमा एम्बुलेन्सको सेवा दिने भनी ग्रामिण क्षेत्रमा विभिन्न सस्था मार्फत सञ्चालनमा रहेको एम्बुलेन्सहरु अहिले भरतपुरका अस्पतालहरुको गेटमा विरामी कुरेर बस्न थालेका छन् ।

गाउँबाट विरामी लिएर सहर आएपछि त्यस्ता एम्बुलेन्सहरु गाउ नफर्के समस्या छ । सहरका अस्पतालमा आएपछि त्यहीको अन्य विरामीलाई लैजाने तर सम्वन्धीत गाउमा नजाने गर्दा सेवा पाउन नसकेको स्थानीयको भनाइ छ ।


चितवनको माडी नगरपालिका क्षेत्रमा चालु अवस्थामा चार वटा एम्वुलेन्स सञ्चालनमा आएको छ । तर ती अधिकाँस एम्बुलेन्स भरतपुरका विभिन्न अस्पतालको गेटमा विरामी कुरेर बस्ने गरेका छन् । माडीबाट बिरामी ल्याउने तर नर्फने उनीहरुको बानी छ । यसले गर्दा माडीमा अर्को विरामी हुदा तत्काल उपचारको लागि लैजान एम्बुलेन्सको अभाव हुने माडी नगरपालिका वडा नं. ५ का अध्यक्ष रामबन्धु पोखरेलले बताउनु भयो ।
‘एक महिना अगाडि मात्रै अटो दुर्घटना हुदा एम्बुलेन्स नपाएर आपत परेको थियो’ उहाले भन्नु भयो ‘माडीबाट भरतपुरमा विरामी ल्याएपछि तत्काल नफर्के समस्या छ, यसले गर्दा अर्को विरामीले समयमा उपचार पाउन सक्दैन ।’ भरतपुरमा विरामी लगेपछि उतै बस्ने, माडीमा जाने कुनै बिरामी पाए मात्र फर्कने नत्र नफर्के समस्याले गर्दा स्थानीयले समयमा उपचार नपाएको उहाको भनाइ छ ।

गाउमा चलाउने भन्दै दर्ता गर्ने तर जता धेरै विरामी पाइन्छ त्यतै एम्बुलेन्सहरु बस्ने गर्दा माडीबासीलाई समस्या परेको स्थानीय पत्रकार सूर्य पाठकले बताउनु भयो । भरतपुरका अस्पतालहरुको गेटमा कुनै विरामी पाइन्छकी भन्दै कुर्दा गाउँका विरामीलाई समस्या पर्ने गरेको उहाको भनाइ छ । यो विषयमा पटकपटक आवाज उठाउदा पनि समाधान हुन नसकेको पाठकले बताउनु भयो ।


अस्पताल आगाडि लाइन लाग्ने एम्बुलेन्सको भिडले असर गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण पौडलले बताउनु भयो । जहाँबाट विरामी ल्याएको छ त्यही जानलाई अनुरोध गर्दा पनि नमानेर अस्पतालको गेट आगाडि कुरेर बस्ने चालकहरु भएको उहाँले बताउनु भयो । सम्वन्धीत क्षेत्रमा विरामी भएकाले उपचारमा आउन नपाउने समस्या छ । एम्बुलेन्स चालकहरुको यो वेथितिलाई समाधान गरेर आफ्नै स्थानमा फर्कने व्यवस्था मिलाउने तयारी भएको भरतपुर अस्पतालका अध्यक्ष खिमलाल भण्डारीले बताउनु भयो । अस्पतालमा आउने सेवाग्राहीलाई आउन असहज हुने गरी राखिएका एम्बुलेन्सलाई हटाउने तयारी भएको उहाले जानकारी दिनु भयो ।

पहिला त्यस्तो समस्या भएपनि अहिले नभएको संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज सापकोटाले बताउनु भयो । हामीमा केही समस्या थियो तर अहिले छैन सापकोटाले भन्नु भयो ‘समस्या आएमा समाधान तर्फ लाग्ने छौ ।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...