विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या



हाम्रो इकोनोमि

 

धनुषा जिल्लाकाे जनकपुरधाममा  विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या भएकाे छ ।  बलाल्कार भएकी बालिकाकाे आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो ।

 

जनकपुर मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै विहेभोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

 

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले बताए ।

 

आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई बलात्कार गरी जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ । तर प्रहरीले हत्या भएपनि के, कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताएको छ ।

 

प्रहरीबाट महिला बलात्कृत

 

दाङमा प्रहरीबाट महिला बलात्कृत भएकी छन् । ईलाका  प्रहरी कार्यालय फुलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दले गएराति स्थानीय महिलालाई बलात्कार गरेका हुन् ।

 

बलात्कार गरेको अभियोग लागेका हवल्दार चन्दलाई  तुलसीपुरको हिरासतमा राखिएको छ । उनलाई जबर्जस्ती करणी ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

 

स्थानीय मोहन पौडेलका अनुसार चन्दले गएराति आफू प्रहरी भएको बताउँदै ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेका थिए । चन्दको स्थायी घर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ मा पर्छ ।

तीन महिने छोरीको अनुहार समेत हेर्न पाएनन्, कश्मीरमा गयो ज्यान , सिंगो गाउँमा नै रुवाबासी

भारतको जम्मू-कश्मीरमा भएको आतंककारी हमलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको डेढवर्ष अघि मात्रै विवाह भएको थियो । तीन महिना पहिले उनको पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको थियो ।उनको नजिकका एक साथीका अनुसार आफ्नी छोरीलाई भेट्न रोहिताश होलीको छुट्टीमा घर जाने योजनामा थिए । तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको छ । उनको मृत्युको खबरपछि परिवार मात्रै होइन सिंगो गाउँमा नै रुवाबासी चलेको छ ।

 

भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा भएको आतंकवादी आक्रमण स्थानीय एक युवाले गराएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका कश्मीरी सदस्य अदिल अहमद दारले आ त्मघाति कार बिस्फोट गराएको दावी छ ।

 

आक्रमणमा पछिल्लो समाचारअनुसार कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारिएको र ४० भन्दा धेरै घाइते भएको जनाइएको छ । करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आतंकवादीले सीआरपीएफ रहेको बसमा कार ठोक्काएर बिस्फोट गराएको बताइएको छ ।

 

अँझ संवेदनशील कुरा के छ भने भारतीय इन्टेलिजेन्सलाई यस्तो आक्रमणबारे पहिला नै सूचना रहेको भारतीय संचारमाध्यमले दावी गरेका छन् । पहिला नै सूचना हुनु र ठूलो संख्यामा सुरक्षा फौज हुँदा पनि यसप्रकारको आक्रमण हुनुलाई भारतीय सुरक्षावृतमा निकै खल्बली मच्चाइदिएको छ । यो आक्रमणलाई कश्मीर आक्रणको दोस्रो ठूलो आक्रमण भनिएको छ । यो आक्रमणपछि चुनावमा होमिनै लागेको भारतीय राजनीतिलाई तरंगित बनाइदिएको छ । दलहरुले एकै भाषामा आतंकवादीविरुद्ध कडा कारबाही गरिने बताएका छन् । सरकार र विपक्षको आवज पनि एउटै सुनिएको छ ।

 

३०० किलोमिटरको यो राजमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यो राजमार्गमा सँधै सुरक्षाकर्मीको निगरानी रहन्छ । आक्रमणमा घाइते भएकाहरुलाई आर्मीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई श्रीनगरस्थित आर्मीको अस्पतालमा ल्याइएको बीबीसीले जनाएको छ ।

 

आक्रमणपछि यो राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । आक्रमण भएको क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ । आक्रमणकारीको खोजीमा सुरक्षाकर्मी जुटेको बीबीसीले जनाएको छ । दुई बसमा सीआरएफका सुर क्षाकर्मी थिए । उनीहरुको सुरक्षाका लागि प्रहरीका जीप अगाडि र पछाडि रहेको बताइएको छ ।

 

प्रतिबन्धित चरमपथी संगठ जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जैश–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एक बयान जारी गरेर आक्रमणको जिम्मा लिएका छन् । उनले सो आक्रमण आदिल अहमद उर्फ व कास कमाण्डोले गराएको बताएका छन् ।

 

वकास कमाण्डो पुलवा जिल्लाका नागरिक रहेको बताइएको छ । आक्रमणपछि विभिन्न प्रतिक्रियाहरु पनि आएका छन् । काँग्रेस अध्यक्ष राहुल गान्धीले सो आक्रमणलाई कायरतापूर्ण आक्रमण भनी निन्दा गरेका छन् । उन ले ट्वीट गर्दै भनेका छन्, ‘जम्मू–कश्मीरको पुलवामामा सीआरएफको यात्रामा भएको कायरतापूर्ण आक्रमणले दुखि भएको छ ।

 

सहिदका परिवारप्रति समवेदना छ । घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्छु ।’जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणको कडा निन्दा गर्दै भनेका छन्, ‘उपत्याकाबाट भयावह समाचार एको छ । आईआईडी ब्लास्टमा सीआरएफका कैयैं जवानहरु मारिएका छन् ।

 

म यस आक्रमणको कडा निन्दा गर्छु । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्छु । मारिने सहिदहरुको परिवारप्रति समवेदना प्रकट गर्छ ।’पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बनर्जीले पनि यो आक्रमणबाट निकै दुःखी भएको बताए की छन् । उनले भनेकी छन्, ‘दुःखी छु पुलवामामा १३ सीआरएफका जवानहरु सहिद भएका छन् ।

 

हामी हाम्रो बहादुर जवानहरुलाई स्याल्यूट गर्छौ । र उनीहरुको परिवारप्रति समवेदना प्रकट गर्छौ ।’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्वीट गरेर आक्रमणको निन्दा गरेका छन् ।उनले जम्मू–कश्मीरबाट दुःखद् समाचार आएको भन्दै आतंकवादी आक्र मणको निन्दा गरेका छन् । लोकसभा चुनावको मिति तोकिने तयारी भइरहेका बेला भएको यो आक्रमणलाई सुरक्षाबलका लागि एक झट्का मानिएको छ । भारतीय गृहमन्त्रालयका अुसार २०१८ मा २५० आतंकवादी, ८४ सुरक्षाकर्मी र १५० जना आम मानिस आतंकवादी आक्रमण मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...