मुग्लिनबाट एक घन्टामै पोखरा, सडक बिस्तारको डीपीआर अन्तिम चरणमा



हाम्रो इकोनोमि

 

 

मुग्लिन–पोखरा सडकखण्ड ४ मा बिस्तार हुने भएको छ । अहिले डीपीआरको काम अन्तिम चरणमा रहेको सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालयका डेपुटी निर्देशक सुरेस पौडेलले जानकारी दिए ।

मुग्लिन–पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको डीपीआर क्यानेडियन कम्पनी एमएमएम ग्रुपले बनाइरहेको छ ।

प्रारम्भिक अनुमान अनुसार २० अर्व रुपैयाँको लागतमा उक्त सडकखन्डको बिस्तार पुरा हुने देखिएको पौडेलले जानकारी दिए ।

उक्त लागत डीपीआर तयार भएपछि केही फरक पर्न सक्ने जनाइएको छ ।

पौडेलका अनुसार उक्त योजनामा एडीबीले १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्नेछ भने त्यसमा थप ५ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने छ ।

पर्यटकीयनगरी पोखरालाई जोड्ने प्रमुख मार्गको रुपमा रहेको यो सडकखन्ड डीपीआर तयार भएको ५ महिना भित्र ठेक्काको लागि टेन्डर आह्वान गर्ने तयारी भएको पौडेलले जानकारी दिए ।

‘यो योजनाका लागि एडीबी सकरात्मक रहेको छ, सरासर काम भयो भने डीपीआर तयार भएको ५ महिनामा टेन्डर खोल्ने छाैँ,’ मेरोअटोसँग पौडेलले भने ।

टेन्डर आह्वानपछि थप ५ महिना भित्र ठेकेदार कम्पनीको छनोट पुरागरि सडक बिस्तारको काम अगाडि बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

कहिले सुरु हुन्छ विस्तार ?

डीपीआर र ठेक्का प्रकृया पुरागरि ठेकेदार कम्पनी छनोटमा करिब १० महिना खर्च हुने देखिन्छ । सबै काम सहितरिकाले हुने हो भने अबको एक वर्ष भित्र सडक बिस्तारको काम सुरु हुने छ ।

यसरी विस्तार हुने सडकमा पहिलो मापदन्ड सडक दुर्घटना न्यूनीकरण हुने पोडेलले जानकारी दिए ।

‘सडकको बीचमा मिडियम राखिनेछ, त्यसले गर्दा विपरित दिशाबाट आएको गाडी ठोकिदैन र बस्ती भएको ठाउँमा सर्भिस लेन पनि राख्ने योजना बनाएका छौँ’ उनले भने ।

यस्तो हुनेछ सडक

उक्त सडक विस्तारपछि करिब २१ मिटर फराकिलो हुनेछ । अहिले करिब २ देखि ३ घन्टा लाग्ने उक्त सडक खन्डको यात्रा बिस्तारपछि एकदेखि डेढ घण्टा मात्र लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...