२ वर्षमा ४० मुलुक घुमेर विश्वमै चर्चामा आएका नेपाली दम्पती संगम र शिखा



हाम्रो इकोनोमि

 

विदेश घुम्ने रहर कसलाई नहोला ? अझ माया गर्ने साथी र खल्तीमा टन्नै पैसा भयो भने त जोकोही यो संसारको फन्को लगाउन चाहन्छन् ।

यस्तो किसिमको सोच प्रेमिल जोडीहरूमा समेत जागृत भैरहेको हुन्छ ।

यद्यपि कतिपय कारणले यी कुरा उनीहरूको सप नामै सीमित हुन्छ ।

१० देखि ५ बजेसम्मको जागिर गर्ने धेरैले घुम्न नपाएको गुनासो गरिरहेका हुन्छन्, तर एक नेपाली दम्पतीले जागिरबाट समय निकालेर २ वर्षको अवधिमा ४० मुलुक घुमेको कुराले अहिले विश्वव्यापी चर्चा पाइरहेको छ ।

हाल बेलायतको डर्टफो र्डमा बसोबास गर्ने संगम भण्डारी तथा उनकी श्रीमती शिखा न्यौपानेले गरेको विदेश भ्रमणको उपाय पनि रोचक छ ।

शिखा लन्डनको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत छिन् भने संगम एक आईटी कम्पनीमा कार्यरत छन् ।

उनीहरू दुवैको वार्षिक पारिश्रमिक करिब ७३ लाख नेपाली रुपैयाँ हुने गरेको छ भने महिनामा एक जनाको औसत खर्च २ लाख रुपैयाँ भन्दा बढी हुन्छ।

स्तो अवस्थामा भण्डारी दम्पती अनावश्यक खर्च जोगाएर विभिन्न विमान कम्पनी तथा होटलहरूले दिने अफरहरूको फाइदा उठाएर घुम्न सफल भएका हुन् ।

न्यौपाने भन्छिन्– हामी अनावश्यक सामान कमै किन्छौं ।

मोबाइल पनि ठिक्ककै प्रयोग गर्छौ भने छुट्टीका बेला गरिने खर्चसमेत कटौती गर्छौं ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...