२ वर्षमा ४० मुलुक घुमेर विश्वमै चर्चामा आएका नेपाली दम्पती संगम र शिखा



हाम्रो इकोनोमि

 

विदेश घुम्ने रहर कसलाई नहोला ? अझ माया गर्ने साथी र खल्तीमा टन्नै पैसा भयो भने त जोकोही यो संसारको फन्को लगाउन चाहन्छन् ।

यस्तो किसिमको सोच प्रेमिल जोडीहरूमा समेत जागृत भैरहेको हुन्छ ।

यद्यपि कतिपय कारणले यी कुरा उनीहरूको सप नामै सीमित हुन्छ ।

१० देखि ५ बजेसम्मको जागिर गर्ने धेरैले घुम्न नपाएको गुनासो गरिरहेका हुन्छन्, तर एक नेपाली दम्पतीले जागिरबाट समय निकालेर २ वर्षको अवधिमा ४० मुलुक घुमेको कुराले अहिले विश्वव्यापी चर्चा पाइरहेको छ ।

हाल बेलायतको डर्टफो र्डमा बसोबास गर्ने संगम भण्डारी तथा उनकी श्रीमती शिखा न्यौपानेले गरेको विदेश भ्रमणको उपाय पनि रोचक छ ।

शिखा लन्डनको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत छिन् भने संगम एक आईटी कम्पनीमा कार्यरत छन् ।

उनीहरू दुवैको वार्षिक पारिश्रमिक करिब ७३ लाख नेपाली रुपैयाँ हुने गरेको छ भने महिनामा एक जनाको औसत खर्च २ लाख रुपैयाँ भन्दा बढी हुन्छ।

स्तो अवस्थामा भण्डारी दम्पती अनावश्यक खर्च जोगाएर विभिन्न विमान कम्पनी तथा होटलहरूले दिने अफरहरूको फाइदा उठाएर घुम्न सफल भएका हुन् ।

न्यौपाने भन्छिन्– हामी अनावश्यक सामान कमै किन्छौं ।

मोबाइल पनि ठिक्ककै प्रयोग गर्छौ भने छुट्टीका बेला गरिने खर्चसमेत कटौती गर्छौं ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...