पश्चिम वायुको प्रभावले पुन: बिग्रियो मौसम, शनिबारसम्मै देशका विभिन्न भागमा वर्षा र हिमपात



हाम्रो इकोनोमि

 

पश्चिम वायुको प्रभावका कारण बिहीबारदेखि फेरी मौसममा बदलाव आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरी लगभग देशैभरी वर्षा र हिमपात हुने बताएको छ ।

महाशाखाकी मौसमविद मञ्जु बासीले पटक–पटक आएको पश्चिम वायुको प्रभावका कारण यो वर्षको हिउँदमा वर्षा र हिमपात बढी भएको बताइन्। उनले पश्चिमी र मध्य भागमा बिहीबार रातिदेखि नै वर्षा सुरु हुने बताइन्।

बुधबारसम्म देशैभर घाम लागे पनि बुधवार राति पश्चिम क्षेत्रबाट पश्चिमी वायु प्रवेशसँगै मौसम बिग्रिएको हो। महाशाखाले पश्चिमी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ।

पूर्व र मध्य नेपालमा भने पश्चिमको तुलनामा कम वर्षा हुनेछ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यमसम्म हिमपातको सम्भावना छ। बिहीबार राति पश्चिमी र मध्य भागका थोरै स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको सूचना महाशाखाले सम्प्रेषण गरेको छ। पूर्वी पहाडी भागका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

शुक्रबार दिउँसो देशको अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भागका केहि स्थानहरूमा क्षणिक वर्षा हुने बासीले बताइन्। शुक्रबार राति मध्य र पूर्वका पहाडी भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

शनिबार पनि देशको अधिकांश भागमा सामान्य बदली रही देशैभर हल्का वर्षाको सम्भावना रहेको छ। मौसमविद् बासीले आइतबारदेखि भने मौसम सफा हुने जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...