घरभित्र खाल्डो खनेर बोरामा लुकाइएको थियो १८ किलो सुन, हेर्नुस् तस्वीर



हाम्रो इकोनोमि

 

कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो प्रहरी टोलीले सुनबारे सुराक पाएको थियो ।

जब दिउँसो प्रहरी टोलीले शंकास्पद घरमा गएर छापा हान्यो, सुरुमा त केही भेटिएन । तर, एउटा कोठामा स्टोर गरिएको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखियो । त्यसपछि प्रहरी त्यहाँ खन्न थाल्यो ।

केहीवेरमै प्रहरीले त्यहाँ सेतो प्लाष्टिकको बोरा फेला पार्‍यो, जसमा सुनका १८ वटा बिस्कुट थिए । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन भारतबाट ल्याइएको देखाएको छ । घटनामा संलग्न एक जना पक्राउ परेका छन् भने थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...