दुर्घटनाका घाइते ग्राण्डी अस्पतालमा बन्धक !



हाम्रो इकोनोमि

 

दार्चुला । मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा गत मंसिर ७ गते भएको मिनिबस दुर्घटनामा दुई जनाको मृत्यु भयो भने आधा दर्जन घाइते भएका थिए ।

घाइतेहरुको उपचार जिल्लामा सम्भव नभएपछि प्रदेश सरकारले हेलिकप्टरबाट नेपालगञ्ज पुर्‍यायो । ती मध्ये धिरेन्द्र धामीबाहेक सबै डिसचार्ज भएर आ-आफ्नो घर फर्किसकेका छन् । धामी भने अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा बन्दी बनेका छन् ।

मालिकार्जुन- ८, शंकरपुरका उनलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो ।

उनका दाजु ईन्द्र धामीका अनुसार तीन महिना उपचार गरेको खर्च ११ लाख पुगिसकेको छ । बेडबाट उठ्न नसक्दा शरीरको तल्लो भाग पाक्न थालेको छ । ‘अस्पतालले हिसाब चुक्ता गरेर घर लग्दा हुन्छ भनेको छ’, इन्द्रले भने, ‘तर बिल तिर्न नसकेर बन्धक भएका छौँ ।’

पैसा तिर्न नसकेपछि अस्पतालले उपचार पनि गर्न छाडेको उनले बताए । ड्रेसिङसमेत नगरिदिदा घाइते भाइ कुहिन लागेको उनी बताउँछन् ।

दुर्घटनापछि दार्चुलाका पाँचवटा स्थानीय तहले एक/एक लाख रुपैँयाँ सहयोगको घोषण गरेका थिए ।

ती मध्ये मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले उक्त रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिसकेको मालिकार्जुनका अध्यक्ष नरेन्द्र धामीले बताए ।

ग्राण्डी अस्पतालसँग पनि निरन्तर सम्पर्क गरेर दुहूँ गाउँपालिका, व्याँस गाउँपालिका र महाकाली नगरपालिकाको पनि सहयोग रकम आएपछि हस्तान्तरण गर्ने भनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...