…जब असईले रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्स्याए



हाम्रो इकोनोमि

 

बानेश्वरकोको एक रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्स्याउने नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत असई कपिल शाहीलाई बानेश्वर प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति बानेश्वरस्थित डिलक्स रेस्टुरेन्टमा पुगेका शाही राती अवेरसम्म साथीहरुसहित मापसे गरेर बसेका थिए । रेस्टुरेन्ट सञ्चालकले सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले पेस्तोल ताकेका थिए ।

त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेसँगै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।

शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित अर्का एक जना भुपेन्द्र शाहीलाई पनि नियन्त्रणमा लिएको थियो । शाहीलाई आवश्यक कारबाहीको लागि अपराध महाशाखामा फाइल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...