भ्रष्टचारी गोपाल खड्का साढे दुई करोड धरौटीमा रिहा



हाम्रो इकोनोमि

 

विशेष अदालतले भ्रष्टाचारको मुद्धामा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई धरौटीमा रिहा रिहा गर्न आदेश दिएको छ ।

सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको आरोप खड्का २ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट छुटेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टीमा खड्का छुटेका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक खड्काविरुद्ध गत पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको थियो। खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भराउन पनि माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...