उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन



हाम्रो इकोनोमि

 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी क्यान्सर पीडित बुहारीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । क्यान्सर पीडित मनिषा यादवको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो । विवाहलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो ।

 

विरामी शुरु भएपछि ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले २०७२ वैशाख २९ गते सप्तरी बथनाह–१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषा यादवसँग आफ्नो छोरा अमरेन्द्र यादवको विहे गरी बुहारीका रुपमा भित्र्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...