घुससहित पक्राउ परेका असई अख्तियारको नियन्त्रणबाट फरार



हाम्रो इकोनोमि

 

महोत्तरीमा घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट भागेका छन् । औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि भागेका हुन् ।

 

मंगलबार दिउँसो उनलाई अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको ५/६ जनाको टोलीले नवदुर्गा सःमिलबाट नियन्त्रणमा लिएको थियो । तर उनी अख्तियार टोलीलाई छलेर भागेका हुन् ।

 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भागेका असईको खोजी भइरहेको बताएका छन् । ‘असईको खोजीमा हामीले प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेका छौं, अन्य कुरा अख्तियारले बताउला’ उनले भने ।

 

स्रोतका अनुसार असई साहलाई पक्राउ गर्न अख्तियारको टोली बर्दिबासबाट औरही आएको जानकारी पाएपछि उनी नजिकैको स:मिलमा गएका थिए । प्रहरीले स:मिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पक्राउ गरेर प्रहरी चौकीतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा दुबै जना फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...