मधेशसँग लभ परेका प्रचण्ड माइती झरे



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विगतमा  मधेशसँग लभ परेको स्मरण गरेका छन् ।

साेमबार सिरहा आइपुगेका अध्यक्ष प्रचण्डले आफु मधेश झर्दा माइती आएको चेली जस्तै  भएको बताएका हुन् ।

सिरहाको महनौरमा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले २०७० सालको निर्वाचनमा आफुलाई सिरहावासीले विश्वास गरेर जिताएको स्मरण गरे ।

उनले भने, आफु दोस्रो पटक प्रधानमन्त्री हुँदाको वखत संविधान संशोधन मार्फत मधेशको समस्या हल गर्न पहल गरेको दावी गरे ।

उनले नागरिकता सम्बन्धी विधेयक संसदमा पेश भएर छलफल भइरहेकाले जन्मसिद्धका आधारमा नागरिकतामा कुनै पनि समस्या नहुने बताएका छन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै पनि मतभेद नभएको स्पष्ट पारेका छन् ।

ओली-प्रचण्डसँग गाउदा जीवन शर्मालाई कारबाही, दुर्गादेवीलाई उन्मुक्ति ?

केपी ओली र प्रचण्डको उपस्थितिमा गीत गाएबापत कारबाही गरिएको हो भने यो झनै मजाक भयो ।

केपी ओली र प्रचण्डले हस्ताक्षर गरी तथाकथित तालमेल गरेर श्रीमती दुर्गादेवी पौडेललाई सांसद बनाई संसदमा पठाउन हुने, विचरा जीवन शर्माले उहाँहरूको उपस्थितिमा गीत गाएकोमा भने कारबाही खेप्नुपर्ने रु ओली र प्रचण्डको उपस्थितिमा दैनन्दिनजस्तै संसदमा भाषण गरेकोमा आफ्नी श्रीमतीलाई चाहिँ कारबाही हुन्छ कि उन्मुक्ति नै प्राप्त भइरहन्छ

सत्तारुढ नेकपाका युवा नेता सूर्य थापाले जनताका प्रिय जनगायक जीवन शर्मामाथि नेकपा(कसाल) ले कार्यकाहि गरेको भन्ने कुराप्रति चासाे व्यक्त गरेका छन् ।

एमवी सिंहले जीवन शर्मालाई केपी ओली र प्रचण्डको उपस्थितिमा गीत गाएबापत नै कारबाही गरिएको हो भने यो झनै मजाक भएकाे भन्दै नेता थापाले ओली र प्रचण्डको उपस्थितिमा दैनन्दिनजस्तै संसदमा भाषण गरेकोमा आफ्नी श्रीमतीलाई चाहिँ कारबाही हुन्छ कि उन्मुक्ति नै प्राप्त भइरहन्छ ?? भनेर नेकपा(कसाल) का महासचिव एमवी सिंहलाई प्रश्न गरेका छन् ।

नेता थापाले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।

जीवन शर्मा उर्फ रामकृष्ण आचार्यमाथि नेकपा(मसाल)द्वारा कुनै कारबाही गरिएको हो कि होइन ?

एमवी सिहको वक्तव्यले झनै कन्फ्यूज्ड बनायो ।

मृत्युपछि वा अनिश्चितकालीन निश्कासनमा मात्रै खुला जानकारी गराउने जनवादी केन्द्रीयता १८ औं शताब्दीको अभ्यास हो ।

सूचना प्रविधिको आजको युगमा यसमा सामयिक परिमार्जन अपरिहार्य छ ।

जीवन शर्मा अर्ध भूमिगत भएर त सिमली छायाँ झरनाको चिसो पानी र लेफ्ट राइट कदम बढाऊ आदि कालजयी र जनप्रिय गीतहरू गाइदैनथ्यो…..।

खुला सम्पत्तिमा एक पार्टी विशेषको मात्र अधिकार र वर्चश्व स्वीकार्य हुँदैन, ३ करोड नेपालीको चासो र सरोकारप्रति जवाफदेही हुनुपर्दछ ।

केपी ओली र प्रचण्डको उपस्थितिमा गीत गाएबापत कारबाही गरिएको हो भने यो झनै मजाक भयो । केपी ओली र प्रचण्डले हस्ताक्षर गरी तथाकथित तालमेल गरेर श्रीमती दुर्गादेवी पौडेललाई सांसद बनाई संसदमा पठाउन हुने, विचरा जीवन शर्माले उहाँहरूको उपस्थितिमा गीत गाएकोमा भने कारबाही खेप्नुपर्ने ? ओली र प्रचण्डको उपस्थितिमा दैनन्दिनजस्तै संसदमा भाषण गरेकोमा आफ्नी श्रीमतीलाई चाहिँ कारबाही हुन्छ कि उन्मुक्ति नै प्राप्त भइरहन्छ ??

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...