खैरो हिरोइनसहित सेनाका जवान पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित नेपाली सेनाका एक जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका-१ का २४ वर्षीय ऐकेन्द्र शाही छन् ।

 

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीसहित घोडाघोडी नगरपालिका-६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद भएको महाशाखाका एसपी सोमेन्द्र राठौरले पुष्टि गरेका छन् ।

 

स्रोतका अनुसार पक्राउ परेपछि शाहीले आफू ललितपुरमा कार्यरत् सैनिक जवान भएको खुलाएका थिए । उनीहरुले हिरोइन विक्री गर्ने उद्देश्यले काठमाडौं-२६ स्थित सगरमाथा गेष्टहाउसको कोठा नं. १०३ मा बसेका थिए ।

 

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरुको शरीरमा खानतलासी गरेर लागूऔषध बरामद गरेको थियो । उनीहरुलाई थप कारबाहीका लागि काठमाडौंं प्रहरी परिसर पठाइएको छ ।

 

गोंगबुमा १ लाख ५१ हजार रूपैयाँ नक्कली नोट भेटियो

काठमाडौंको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले अनलाइनखबरसँग भने, ‘१ सय ५२ थान हजार दरको नोट बरामद भएको छ ।’

 

अनुसन्धान अधिकारीहरुका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

 

हाल हिक्मत कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

प्रारम्भिक अनुसन्धानले उनीहरु मेनपावर एजेन्ट भएको देखिउको छ । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ । ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...