टिपरको ठक्करबाट पुरुषको मृत्युभएपछि तनाबग्रस्त विराटनगर



हाम्रो इकोनोमि

 

विराटनगर महानगरपालिका–२ बरगाछीमा टिपरको ठक्करबाट आइतबार विहान एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

तीव्र गतिमा पूर्वबाट बरगाछी चोकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ४५ / ५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिंदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले बताए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ ।

अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक साता अघी सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकालकाे मृत्यू भएपछी ७ अाेटा टिपर जलाइनुका साथै अान्दाेलन समेत भएकाेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...