टिपरको ठक्करबाट पुरुषको मृत्युभएपछि तनाबग्रस्त विराटनगर



हाम्रो इकोनोमि

 

विराटनगर महानगरपालिका–२ बरगाछीमा टिपरको ठक्करबाट आइतबार विहान एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

तीव्र गतिमा पूर्वबाट बरगाछी चोकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ४५ / ५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिंदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले बताए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ ।

अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक साता अघी सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकालकाे मृत्यू भएपछी ७ अाेटा टिपर जलाइनुका साथै अान्दाेलन समेत भएकाेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...