रेखाको आक्रोश : आफु अरबौका सुबिधा लिने राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ?



हाम्रो इकोनोमि

 

सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने प्रावधानको कार्यान्वयनमा सरकार उत्रेको हो । सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ।३३ केजी सुन छिर्ने बिमानस्थलबाट बदेशमा गरिबले बगाएको पसिना छिरे भन्दै कडा अलोचना भएको छ ।

त्यही अनुसार निजी गुण्टा, झिटि, भारी सम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागु गरेको जनाएको छ।

 

यात्रुहरूले तोकिएकोभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ। कडाइ गरिएको १ सातामा सबैभन्दा बढी विभिन्न ब्राण्डका मदिरा जफत भएको छ।

 

यसैबिच नायिका सामाजिक सञ्जालमा नायिका रेखा थापाले एक स्ट्याटस लेख्दै सरकारी यस्तो कदमको विरोध जनाएकि छन् । उनले लेखेकि छन्, ‘जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ।

 

हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु।’

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...