डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु, चार घाइते



हाम्रो इकोनोमि

 

२५ माघ, डडेल्धुरा । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

अरु चार घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् ।

बिहान साढे २ बजे एक्कसी चट्याङ लागेर सरस्वतीको घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ ।

यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको पनि बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन् ।

घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए । घाइतेहरुको अवस्था समान्य छ । चट्याङ लगेर सरस्वती नाथको घरमा एक दुहुनो गाई र एक हल गोरुसमेत मरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...