८ सय ४८ उपसचिवको समायोजन : आठले मात्रै रोजे प्रदेश,



हाम्रो इकोनोमि

 

सरकारले समायोजन भएका उपसचिवहरुको विवरण सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवको समायोजन गरिएको विवरण सार्वजनिक गरेको हो।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका ८ सय ४८ जना मध्ये अधिकांशले संघ रोजेका छन्। मन्त्रालयका अनुसार ८ जनाले प्रदेश र ४ जना उपसचिवले स्थानीय तह रोजेका छन्। सरकारले ६ सय ६२ जना सहसचिवको समायोजनको कार्य समेत अघि बढेको बताएको छ ।

सरकारको नियमित पत्रकार सम्मेलनमा सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले विशिष्ट श्रेणी वा राजपत्रांकित प्रथम श्रेणीसम्मका सबै कर्मचारीको समायोजन सकिएको जानकारी दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...