भरतमाेहन अधिकारीकाे उपचारमा मेडिसिटी अस्पतालकाे गम्भीर लापरवाही, ह्याम्समा सारियाे



हाम्रो इकोनोमि

 

नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमाेहन अधिकारीको उपचारमा मेडिसिटी अस्पतालले गम्भीर लापरवाही गरेेेेकाे छ । नेकपाका नेता सूर्य थापाका अनुसार अधिकारीको उपचारमा लापरवाही भएपछि उनलाई ह्याम्स अस्पताल सारिएको छ ।

 

अहिले ह्याम्स अस्पतालमा अधिकारीकाे उपचारमा डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत सहभागी रहेकाे पनि उनले बताए । थापाले भने `एक महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।´

थापाले सामाजिक सञ्जाल फेसबुकमा पनि प्रतिक्रिया दिएका छन । थापाकाे प्रतिक्रिया यस्ताे छ

@ ह्याम्स अस्पताल । भरतमोहन अधिकारी यस अस्पतालमा सारिनुभएकाे छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयाे । केही दिनपछि डिस्चार्ज गरिनुभयाे । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियाे र मेडिसिटीमै भर्ना हुनुभयाे ।

 

एक महिना उपचार गर्दा समेत २० काे १९ नभएपछि उहाँलाई हिजाेदेखि ह्याम्स अस्पताल गाेल्फुटारमा सारिएकाे हाे । डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भराेसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूकाे उपचारले उहाँ शीघ्र निकाे भएर घर फर्किनुहुने विश्वास छ ।

 

तर वितेकाे १ महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।

 

८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीकाे उपचारबारे अावधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालकाे कस्ताे जवाफदेहीपन हाेला ? बुझ्न गा-हाे प-याे ।

 

खासमा याे अस्पताल कसकाे हाे ? भरतमोहन अधिकारीकाे त याे हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भाेगिरहनु परेकाे हाेला ? शीघ्र स्वास्थ्यलाभकाे कामना ।

याे पनि पढ्नुहाेस्

मेडिसिटी अस्पतालको गम्भीर लापरबाहीः जिउँदो मान्छेलाई मृत घोषित गरी घाटमा पठाउने निर्णय

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...