अम्वानीका दुतसँग माधव नेपालको गोप्यवार्ता, ओलीको पद धरापमा



हाम्रो इकोनोमि

 

भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेप पछि थप तातेको नेपाली राजनीति माघको चिसो सकिदै जाँदा पनि सेलाउन सकेको छैन । भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेप बेठिक भएको सरकारले औपचारिक धारणा ल्याइसकेपछि अमेरिकाले त्यसलाई पचाउन सकेको छैन । त्यही कारण सरकारले विश्व समुदायलाई यसबारे नेपालको धारणा जानकारी दिन आयोजना गरेको दिवा भोजमा अमेरिकी राजदूत काठमाडौं भएर पनि अनुपस्थित रहेको घटनालाई कतिपयले अनिष्ठको संकेतको रुपमा ब्याख्या गरिरहेका छन् ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रस सरकार अधिनायकवाद तर्फ लम्किरहेको भन्दै सडकतिर लम्किएको छ । सत्ता छोडेको एक वर्ष पुग्न १० दिन जति बाँकी रहँदा काँग्रेसले सुरु गरेको संघर्षका क्रममा ब्यक्त गरेका धारणाले उसभित्रको कुण्ठालाई पनि राम्रैसँग उजागर गरिरहेको देखिन्छ । भेनेजुयला प्रकरणमा पनि उसले आफूलाई सरकारको विपक्षी अर्थात अमेरिकाको पक्षमा उभ्याएको छ ।

 

सरकारले कुटनीतिज्ञसँग आयोजना गरेको कार्यक्रममा अमेरिकी राजदूत अनुपस्थित हुनु अनी त्यही बेला काँग्रस टायर बाल्दै सडकमा निस्कनु संयोगमात्र नहुने विश्लेषण पनि भइरहेको छ । वर्तमान सरकालाई घेर्न विषेशगरी पश्चिमा र अनेकौ प्रयत्न गरिरहेको नेपालमा पश्चिमा र पूर्वीय धुरीको चेपुवामा पर्दै गएको छ ।

 

राजनीतिक दलबीच संविधान जारी गर्न भएको एकता पछिल्ला दिनमा भत्किएको बुझेर विदेशीहरुले सकृयता बढाइरहेका छन् । अमेरिका इण्डोप्यासिफिक राणनीति अन्तर्गत काठमाडौंमा बसेर चीनलाई घेर्न चाहिरहेको छ । उता चीन पनि वीआरआइमार्फत अमेरिकालाई पन्छाउन खोजिरहेको छ । नेपालसँग निकटस्थ सम्बन्ध भएको बताउने तर बोली अनुरुप ब्यवहार नगरिरहेको भारतलाई नेपालमा चीन र अमेरिका दुबैको बढदो उपस्थिति मन परिरहेको छैन् । केन्द्रीय निर्वाचनको संघारमा रहेको भारत त्यही भएर पछिल्ला दिनमा नेपाल प्रकरणमा बाहिरबाट हेर्दा मौन जस्तो देखिए पनि भित्रभित्रबाट आफ्ना मान्छे परिचालन गरिरहेको छ ।

 

यसै क्रममा भारतका चर्चित अद्योगी मुकेश अम्वानीले नेपालमा आफ्नो गतिविधि बढाइरहेका छन् । उच्च समाचार स्रोतका अनुसार अम्वानीले हिमाली तथा पहाडी जिल्लाका बहुमूल्य खानीहरुमा नजर लगाएका छन् । गैर आवासीय नेपाली उपेन्द्र महतोको मध्यस्थतामा अम्वानीले नेपालमा लगानी बढाइरहेको बताइन्छ । महतोले आफ्ना बहिनी ज्वाँइ भौतिकपूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवमार्फत नेपालको सडक तथा खानीमा लगानी गर्न खोजेको स्रोत बताउँछ ।

 

सडक निमार्ण तथा स्तरोन्नतीको जिम्मा लिने र त्यही क्रममा खानी सम्म पुग्ने योजना महतो र अम्वानीले गरिरहेका छन् । यसै क्रममा केही दिन अघि अम्वानीका एक दूत काठमाडौं आएर वत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेको र त्यही समयमा नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सँग गोप्यवार्ता गरेको समाचार स्रोतले बताएको छ ।  भेट सँगै प्रधानमन्त्री ओलीको पद धरापमा परेको स्रोतको दाबी छ ।

 

अम्वानीका दूतले वरिष्ठ नेता नेपाललाई भेटेपछि उर्जा मन्त्री वर्षमान पुनलाई समेत भेटवार्ता गरेको समाचार स्रोत बताउँछ । अम्वानीको समूहले अहिले नेपालमा दाङ लमही देखि घोराही सम्मको सडक स्तरोन्नतीको ठेक्का लिएको बताइएको छ । उक्त ठेक्का सम्वन्धी काम गर्नका लागि सुवास श्रेष्ठलाई अख्तियारी दिइएको छ ।

 

कर्नरमा माधव

 

पार्टी एकता भएको नौ महिना पुग्न लाग्दा समेत नेपाल कम्यूनिष्ट पार्टी नेकपाको एकीकरण प्रकृया पूरा हुन नक्दा कार्यकतामा निराशा पैदा भइरहेको छ । कतिपय कामकाजी कार्यकर्ताहरु पार्टी कामबाट वेरोजगार हुनु परेको पीडाले छटपटाईरहेको अवस्था छ । पूर्व एमाले सम्वद्ध पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले माघ २२ गते स्थापना दिवस मनाउन नसक्दा सामाजिक सञ्जालमा थुप्रै गुनासो छाएको थियो ।
पार्टी एकता प्रकृया लम्विदै जाँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिटब्यूरो पूर्व एमाले र माओवादी दुवैबाट आधा आधा राख्नु पर्ने नयाँ प्रस्ताव राखेपछि परिस्थिति नयाँ दिशातर्फ मोडिएको छ ।

 

यसअघि ६०÷४० प्रतिशतको अनुपातमा एकता अगाडि बढाएको अवस्थामा माधव नेपाल पक्षले प्रदेश कमिटीमा १० प्रतिशत सदस्य थप्नु पर्ने प्रस्ताव ल्याएपछि प्रचयडले पनि नयाँ तुरुप अघि सारेको बताइएको छ । पुस दोस्रो साता सम्पन्न स्थायी समितिको बैठकले एकीकरणका बाँकी काम सम्पन्न गर्नका लागि नौ सदस्यीय कार्यदल बनाएको भएपनि त्यसमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा माधव नेपाल पक्षबाट तीन तीन जना राखेर ओदान जस्तो बनाएपछि कार्यदल आफै अलपत्र पर्नु परेको थियो ।

 

त्यस अघि सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई एकीकरणको काम गर्ने जिम्मा दिइएको थियो । तर, त्यसलाई अविश्वास गर्दै माधव नेपाल पक्षको प्रस्तावमा त्रिखुट्टे कार्यदल बनाएरपछि परिस्थिति झन भद्रगोल बन्दै गएको छ । नेकपा नेता महेश्वर दाहाल कार्यरत अवश्यककै नरहेको अवस्थामा बनाएका कारण त्यसले काम गर्न नसकेको बताउछन् । बरु दुई जनालाई नै काम गर्न दिइएको भए त्यसले गति लिने उनको बुझाई छ ।

 

पार्टीमा अहिले दुई अध्यक्ष प्रचण्डले सरकारलाई सहयोग गर्ने केपी ओली पछि सरकारको नेतृत्व लिने र, त्यही शक्ति प्रयोग गरेर पार्टी नेतृत्व लिने ठाउँमा रहेको बताइन्छ । उता माधव नेपाल पक्ष भने संगठनमा आफ्ना मान्छेलाई आगामी महाधिवेशनबाट पार्टी नेतृत्व लिइ छाड्ने दीर्घ कालिन लक्ष्य अनुसार काम गरिरहेको छ ।

 

त्यही रणनीति अनुसार अध्यक्षद्वयमा रहेको निर्णय अधिकारलाई स्थायी समिति मातहत ल्याउन उसले प्रयत्न गरिरहेको छ । तर अध्यक्ष ओली र प्रचण्ड सचिवालय भन्दा झर्न चाहिरहेको छैनन् । माधव नेपाल पक्षले रणनीति बुझेपछि माक्सवादी अध्ययन समूहका नाममा भइरहेको गतिविधि माथि कडाइ गर्न ओली र प्रचण्ड सहमत भएको बताइन्छ ।

 

अध्यक्षद्वय ओली र प्रचण्ड मिलेर आफूलाई कर्नरमा पार्ने भएकै कारण अहिले माधव नेपालले दुईजनाबाट भएको निर्णयमा लिखित भिन्न मत पनि नराख्ने तर, भागबण्डा भने खोज्ने काम गरिरहेको ओली पक्षधरहरुको बुझाइ छ । त्यही कारण कार्यदलले काम गर्न नसकेको एक स्थायी कमिटी सदस्य बताउछन् ।

माधव नेपाल पक्षको त्यही रणनीति अनुसार अध्यक्षद्वयबीच थप फुट ल्याउन भेनेजुयला प्रकरणमा प्रचण्डले कडा वक्तव्य जारी गराउन नेपाल पक्षधरले भूमिका खेलेको बताईन्छ । किनभने ओली डाभोस सम्मेलनमा विदेशमा भएको अवस्थामा यता बक्तव्य आएको थियो । भेनेजुयला प्रकरणमा बक्तव्य सैद्धन्तिक रुपमा भएपनि भाषा प्रति भने नेकपामा विमत छ ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...