जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी भएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय समिति छैटौँ पूर्ण बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जनताकोबीचमा लोकप्रिय भएपनि एक्लै देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । ‘लोकप्रिय मतमा नेकपा एमाले नै अगाडि छ, तर सरकार बनाउन पुग्ने मत पुगेको छैन, सरकारको नेतृत्व गरिरहेका छौँ, तर राष्ट्रको नेतृत्व गर्ने निर्णायक मत प्राप्त गरेका छैनौँ’, पोखरेलले भने । आउने चुनाव सबै दलले छुट्टाछुट्टै लड्ने निर्णय गरेको बताउँदै पोखरेलले यसको सबैभन्दा बढी लाभ नेकपा एमालले लिने बताए । अहिले कांग्रेससँग सहकार्य गरे पनि आउने चुनावमा एमाले कांग्रेस अलग्गै चुनाव लड्ने उनले स्पष्ट पारे । ‘कांग्रेससँग सहकार्य र प्रतिष्पर्धा पनि सँगसँगै छ भन्ने सच्चाइलाई बुझेर हामीले अगाडि बढ्नु पर्छ’, पोखरेलले भने ।

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...