बयान सकेर रविलाई पोखरा फर्काइयो



हाम्रो इकोनोमि

 

 

रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा लगिएको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको उनीमाथि आरोप थियो । बिहानैबाट हुस्सु लागेर मौसम खराबीका कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नखुलेकाले पौने ८ बजेको उडान साढे ५ घण्टा डिले भएको थियो । रुपन्देहीका प्रहरी प्रवक्ताले लामिछानेलाई विमानस्थल खुलेपछि पोखरा पठाइएको बताइन् । ‘हामीले सबै तयारी सकेका थियौं तर बिहानैदेखि विमानस्थल नखुलेकाले ढिलाई भयो’ उनले भनिन् । बिहीबार अन्तिम उडानमा पठाउन खोजिएपनि बयान सकिएपछि कागजपत्र मिलाउन ढिलाई भएकाले आजलाई सारिएको थियो । उनलाई यती एयरमार्फत पोखरा पठाइएको हो । रविलाई आज नै लैजाने पक्का भएपछि उनको सचिवालय तथा पार्टीका अन्य नेता-कार्यकर्ता पोखरा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...