तरकारीवालीदेखि सेक्युरिटीवालीसम्म, आउँछन् रातारात हराउँछन्



हाम्रो इकोनोमि

 

‘सेक्युरिटीवाली’ यो पात्र शोसल मिडियामा ‘बलेको आगोमा पेट्रोल छर्किएजस्तो’ ह्वार्र बलेकी छन् यतिबेला । यु–ट्युबरहरुले न्वारान गरेको नाम हो ‘सेक्युरिटीवाली’, वास्तविक नामचाहिँ हेमा राई ।  सुन्दर रुप र हँसिली स्वभावकी हेमा राजधानीको एक होटलमा सेक्युरिटी गार्डको जागिर गरेर गुजारा गर्दै आएकी थिइन् । त्यसैबेला उनी यु–ट्युबरमा नजरमा परिन् । सुन्दर रुप र हँसिलो स्वभाव अनि फरासिलो स्वभावले गर्दा उनी ‘सेक्युरिटीवाली’का रुपमा भाइरल बन्न सफल भइन् ।

 

धरानकी हेमा राई अर्थात ‘सेक्युरिटीवाली’ शोसल मिडियामा यति चाँडो चर्चामा आइन् कि, उसले यसअघिका ‘भाइरल इस्यु’हरुलाई समेत माथ खुवाइन् । रातारात ‘भाइरल’ हुँदै शोसल मिडियामा सेलिब्रेटी बनेकी हेमाले म्युजिक भिडियोमा समेत मोडलिङ गर्न भ्याइसकेकी छन् । यो खुसीको कुरा हो । तर, ‘पेट्रोल छर्किएको आगो कहिलेसम्म बल्छ ?’ भन्ने प्रश्न विद्यमान छ किनकि ‘भाइरल’ हुँदै ‘सेलिब्रेटी’ बनेकाहरु टिकेको कुनै उदाहरण छैन । कारण, उनीहरुलाई फेरि खोजिँदैन । ‘भाइरल इस्यु’ बनाएर एकपटक यु–ट्युबरले डलर झार्छ, त्यसपछि दोस्रोपटक वास्ता गर्दैन ।

 

एक उदाहरण हुन् ‘कुल्फीवाला’ । ‘कुल्फी’ बेच्दाबेच्दै रातारात ‘सेलिब्रटी’ बने मनबहादुर राई । शोसल मिडिया फेसबुक र यु–ट्युबमा दिनदिनै छाउन थालेपछि म्युजिक भिडियोको मोडल समेत बन्न भ्याए । तर, हिजोआज उनी न मोडल छन्, न त ‘कुल्फीवाला’ । उल्टै उनी पेसा नै परिवर्तन गर्न बाध्य भए । सोलुखुम्बुका मनबहादुर हिजोआज ‘बदामवाला’ बनेका छन् अर्थात कुल्फी बेच्ने मनबहादुर बदाम बेच्न थालेका छन् ।
समयसँगै विकसित डिजिटल शोसल मिडिया ‘यु–ट्युब ट्रेण्ड’ले नेपालीलाई पनि गजब छोएको छ । यससँगै ‘भाइरल प्रवृति’ पनि मौलाएको छ ।

 

त्यही ‘भाइरल प्रवृति’कै घानमा परेर रातारात ‘सेलिब्रेटी’ बनेका मनबहादुर एक उदाहरण हुन् । यहाँ थुपै्र मनबहादुर जस्तालाई ‘भाइरल’ बनाइँदै ‘सेलिब्रेटी’ बनाइएइको छ । त्यसैले भनिन्छ, ‘शोसल मिडियाको ‘भाइरल प्रवृति’ अजिब छ । ‘भाइरल’ बनाइएर जसलाई रातारात चर्चामा ल्याइन्छ अनि ट्रेण्ड चल्न छाडेपछि ‘फ्याँकिन्छ’ यो अर्को प्रवृति हो ।

 

मनबहादुरलाई यु–ट्युबरले ‘कुल्फीवाला’ उपनाम दिएर ‘भाइरल’ बनाइयो । ‘कुल्फीवाला’को कला बेचेर केहीले डलर पनि कमाए होला । तर, मनबहादुर भने ‘बदामवाला’ बनेका छन् । तर, उनलाई यु–ट्युबरले ‘बदामवाला’ बनाउन भने हिम्मत गरेका छैनन् । किनकि ‘मलाई प्रयोग गरेर डलर कमाउने रहेछन्’ भन्ने उनले बुिझसकेका छन् । नाच्दै र गाउँदै कुल्फी बेच्चे शैलीले मनबहादुुर यु–ट्युबरको आँखामा परेका थिए ।
यो प्रवृति खाश गरेर भारतबाट भित्रिएको हो ।

 

केही वर्षअघि भारतीय सञ्चारमाध्यमले पाकिस्तानी चियावाला एक युवाको चर्चा गरेका थिए । पाकिस्तानी चियावाल अरसद खानलाई भारतीय मिडियाले ‘चियावाल’को उपनाममा ‘भाइरल’ बनाएका थिए । अरसद खान भारतमा भाइरल भएपछि नेपालमा ‘तरकारीवाली’को उदय भयो । एक युवतीले डोकोमा तरकारी बोकेर पुल तर्दै गरेको तस्बिरलाई नेपाली मिडियामा ‘भाइरल’ बनाइयो ।

 

सामाजिक सञ्जाल र मिडियामा चर्चामा आएकी ती युवती थिइन् कुसुम श्रेष्ठ । चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङे पुलमा तरकारी बोकेको कुसुमको तस्बिर भाइरल भएपछि निर्देशक र निर्माताहरुले खोज्न थाले र, उनले केही म्युजिक भिडियो नेपाली फिल्म ‘लम्फू’मा अभिनय गर्न भ्याइन् । त्यो बेला ‘तरकारीवाली’ अर्थात कुसुमको फोटोशुट र अन्तर्वाता गर्ने पत्रकार र ट्युबरहरु लाइनै लागेका थिए । तर, अहिले उनी चर्चाविहीन छिन् । जति अन्र्तवार्ता र चर्चा गरिए, त्यतिमै सिमित बन्यो । उता भारतमा पाकिस्तानी चियावाल अससद खानको अवस्था पनि त्यस्तै बनेको छ ।

 

रातारात यु–ट्युबर र शोसल मिडियामा ‘भाइरल’ बन्दै ‘सेलिब्रेटी’ बनाइएका ‘चियावाल’, ‘तरकारीवाली’ र ‘कुल्फीवाला’जस्तै अरु ‘भाइरल म्याटर’को खोज्नेक्रममा भेटिएकी हुन् सेक्युरिटीवाली । तर, एकपटक आफैले मिडियामा ‘सेलिब्रेटी’ बनाइएका ती पात्रहरुलाई खोज्ने जमर्को कसैले गरेको देखिँदैन र पाइँदैन ।

 

‘भाइरल’ शब्द आफैमा नराम्रो मानिन्छ । तर, त्यसैलाई शोसल मिडियामा ‘आयकर’ बनाइन्छ र ती पात्रहरुलाई ‘युज एण्ड थ्रो’ बनाइन्छ । यसबाट सस्तो लोकप्रियता र आत्मरत्तिमा रमाउनेहरुले थोरै लाभ लिए पनि दीर्घकालिन फाइदा लिएको उदाहरण अहिलेसम्म छैन । ‘भाइरल प्रवृति’को घानमा परेर ‘सेलिब्रेटी’ बनेकाहरुका लागि भने समाजमा हिडडुल गर्नलाई अप्ठ्यारो महशुस गरेको उदाहरण पाइएको छ । मनबहादुर यसको एक उदाहरण हो किनकि उनलाई लाखौँले चिन्छन् । र, चिन्नेहरुले ‘उ कुल्फीवाला’ भन्दै ट्याग भिराएर जिस्काउँदा उनलाई पक्कै अप्ठ्यारो महशुस हुन्छ नै ।

 

‘कुल्फीवाला’ बनेपछि ‘तक्मेबुढा’ उपनामले चर्चित विल्सनविक्रम राईजस्ता कलाकारसँग समेत सहकार्य गरेर म्युजिक भिडियो गरेका उनी वास्तवमै सेलिब्रेटी नै हुन् । मनबहादुरले आफूलाई सेलिब्रेटीकै रुपमा कायम राख्न रुचाएनन् । उनले केही मिडियालाई बताएअनुसार मुटुसम्बन्धी रोगीसमेत रहेका मनकुमारले ‘कला क्षेत्रमा शोषण गरिन्छ’ भन्ने राम्ररी ज्ञान भयो ।

 

हुन पनि कुल्फीवालाको नाम विभिन्न देश र व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको थियो । तर, त्यो आफुलाई आएरको सहयोगको नाममा ‘प्रयोग’ भए । उनले एक अन्तवार्तामा पनि यही कुरा बताएका छन् । ‘कुल्फीवाला’लाई सहयोग र साथ मिलिरहेकै बेला तक्मेबुढाले पनि आर्थिकलगायतका सहयोग गर्दै म्युजिक भिडियो गराएका थिए । तर, ‘कुल्फीवाला’ले निरन्तरता दिएनन् । उनी एकाएक आफ्नै पेसामा ‘ब्याक’ भए ।

 

यु–ट्युबमा भ्युअर्सका आधारमा डलर झर्ने भएकाले उनीहरु ‘भाइरल म्याटर’को पछि दौडिरहेका हुन्छन् । व्यवसायिक रुपमा यसलाई सकरात्मक रुपमा लिइएपनि पेसागत हिसाबले ‘भाइरल म्याटर’कै मात्र पछि दौडिनु आमसञ्चारको मर्यादाविपरित मानिन्छ । तर, यति हुँदाहुँदै पनि सस्तो लोकिप्रियताका लागि ‘भाइरल’ बन्ने नाममा ती पात्रहरु ‘युज एण्ड थ्रोे’ भइरहेका छन् भने ‘इस्यु क्रेट’ गर्ने मालामाल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...