तुलसीपुरमा अन्धाधुन्ध गोली प्रहार, स्थानीय त्रसित



हाम्रो इकोनोमि

 

दाङको तुलसीपुरमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दै हिंडेपछि स्थानीय त्रसित बनेका छन्  । तुलसीपुर उपमहानगरपालिका–६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले सोमबार बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिंडेपछि स्थानीय गाउँले भयवित बनेका हुन् ।

 

उक्त समूहले बेलुका ८ बजेदेखि झण्डै साढे ८ बजेसम्म तुलसीपुर–सुकौरा सडक खण्डको विभिन्न स्थानमा गोली फायर गरेका थिए । ‘मोटरसाइलकमा सवार केही व्यक्तिले अन्धाधुन्ध गोली फायर गर्दै हिँडेका थिए,’ गौलौरा एक स्थानीयले भने, ‘बाइकबाटै फायरिङ्ग गर्दै हिंडेपछि गाउँभर त्रास फैलियो ।’

 

उक्त समूहले गोलौरादेखि फाइरिङ गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित नवीन कवर र टीकाराम केसीको घरको आसपासमा झण्डै आधा दर्जन जति फाइरिङ गरेको स्थानीयले जानकारी दिएका छन् । एक अज्ञात समूहले तुलसीपुर–घोराही सडक खण्डमा अन्धाधुन्ध फायरिङ गर्दै हिंडेको आवाज प्रहरी प्रशासनले पनि सुनेको जनाएको छ ।

 

स्थानीयले पनि त्यो कुरा प्रहरीलाई खबर गरे । त्यसपछि ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय तुलसीपुरबाट राति नै प्रहरी अनुसन्धानको लागि पुग्यो । प्रहरीको एक टोली मंगलबार बिहानैदेखि पनि अनुसन्धानको लागि खटिएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बताएका छन् ।

 

‘प्रहरी अनुसन्धानमै छ, फायर भएको ठाउँमा केही सबुत फेला पर्छ कि भनेर खोजी भइरहेको छ,’ एसपी पाण्डेले भने ‘केही शंकास्पद व्यक्तिमाथि सोधिखोजी समेत भइरहेको छ ।’

 

टेण्डर पार्न तर्साएको अनुमान
तुलसीपुर १० नवीन कवर वर्षोंदेखि पेसाले खोलामा बालुवा गिट्टीको काम गर्दै आइरहेका हुन् । उनले तुलसीपुरको पातुखोलामा वर्षौंदेखि जिल्ला विकास समिति र पछिल्लो समय जिल्ला समन्वय समितिले खोल्ने गरेको टेण्डर अनुसार नदीजन्य वस्तुको व्यापार गर्दै आएका छन् ।

 

मंगलबार तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर अन्तर्गत पर्ने बालुवा गिट्टीको लागि प्रमुख स्रोत मानिने ग्वारखोला, पाखुखोला र बबई नदी लगाएमा बालुवा गिट्टीको टेन्डर आह्वान गरेको थियो ।

मध्यान्ह १२ बजेसम्म टेन्डर आह्वानको समय तोकिएको छ भने मंगलबार नै टेन्डरसमेत सार्वजनिक गर्ने उपमहानरपालिकाले जानकारी दिएको छ । खोलाको टेण्डरमा आफ्नो हिस्सा खोज्ने र हैकम कायम गर्न चाहने अर्को कुनै समूहले तर्साउन तथा धम्काउने उद्देश्यका साथ अन्धाधुन्ध फायरिङ गरेको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...