कञ्चनपुर बम दिदी बहिनीलाई जेल



हाम्रो इकोनोमि

 

निर्मला काण्ड: विष्ट र बम दिदीबहिनीलाई जेल नहाली तथ्य नखुल्ने निष्कर्षमा पुगे आईजीपी खनाल-सक्दो शेयर गरौ कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना जटिल हुँदै गएको छ ।

अभियुक्तहरूले सबै प्रमाण नष्ट गरेपछि अहिलेसम्म भएका अनुसन्धान सबै फिक्का जस्तै भएका छन् ।

यहि बिच बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले आईजीपी खनालमाथि निकै कडा कडा प्रश्न राखेका थिए ।

जसको सामना गर्न खनाललाई निकै हम्मे हम्मे परेको थियो ।

उनले निलम्बित एसपी डिल्लीराज विष्टमाथि प्रमाण जुटाएर जेल पठाउन आफू लागिपरेको बताएका थिए ।

यसले विष्टमाथि नै प्रहरीको निसाना सोझिएको प्रस्ट हुन्छ । निर्मलाको बलात्कारपछि बम

दिदीबहिनीको घरको आँगनमा रहेको अम्बाको रूपमा झुन्ड्याएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

किनभने निर्मलाको भोकल कर्ड भाँचिएको पाइएको थियो ।

भोकल कर्ड झुन्डेको अवस्थामा मात्र भाँचिन सक्ने चिकित्सकहरू बताउँछन् ।हतार हतारमा अम्बाको रूख काटिएको घटना र बबिता तथा रोशनी बम दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान नथालेसम्म निर्मलाको हत्या प्रकरण निष्कर्षमा पुग्न नसक्ने बताइएको छ ।निर्मला पन्तको बलात्कारको प्रमाण मेट्ने अनि मुचुल्कामा उनका पिताको नक्कली हस्ताक्षर पुलिसले नै गराएको गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक गरिसकेका छन् ।

त्यसैले अब निलम्बित एसपी विष्टलाई पक्राउ गरी अनुसन्धान थाल्ने तयारीमा सर्बेन्द्र लागी परेको बताइएको छ

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...