रुपमतीको बलात्कारपछि हत्या भएको पुष्टि, दुई जना पक्राउ



हाम्रो इकोनोमि

 

विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय  अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । दुबै जना लागूऔषध प्रयोगकर्ता हुन् । लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका-८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् ।

भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । छिमेकी महमद नेमाको घर जाने क्रममा दुई जनाले जवरजस्ती लगेर बलात्कार गरी शव खोलामा फालेको प्रहरीको दाबी छ ।

पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखिएको प्रहरी स्रोतको दाबी छ ।

घटना लगतै अनुसन्धान सुरु गरेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो । घटना लगतै पक्राउ परेका दुबैले घटना स्वीकार गरेपनि प्रहरीले प्रमाण जुटाउन सकेको थिएन । खोलामा शव फ्याकेका कारण प्रमाण जुटाउन समय लागेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेहरुलाई आइतबार नै सार्बजनिक गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...