प्रधानमन्त्री केपी ओलीले नातीनातिनी बनाएका को हुन् यि दुई वालवालिका ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओली सिराहा आए । उनी यहाँ आउनुको विभिन्न मध्ये एउटा उद्देश्य चाहिँ सार्वजनिक गरिएको थिएन ।

उनको उद्देश्य थियो— नातिनातिना भेट्ने ।

हो, ओलीले सिराहामा आफ्ना नातिनातिना पनि भेटे ।सिराहाको सभामा मञ्चमा ओलीको साथमा थिए पाँच वर्षकी रुपाकुमारी खत्वे मण्डल र ६ वर्षका पवन मण्डल पनि थिए ।

ससाना वालवालिकासँग हुँदा धेरैले ती को हुन् भन्ने खासै ध्यान दिएनन् । तर, रुपा र पवन ओलीका नातिनातिना हुन् ।

गत वर्ष विद्यार्थी भर्ना अभियान चलिरहेको थियो । प्रधानमन्त्री ओलीले सिराहाका दुई बालिबालिकाको अभिभावकत्व ग्रहण गरेको समाचार आयो । समाचार आउँछ जान्छ, यस्तै भइरहन्छ । त्यो समाचार धेरैलाई सम्झना पनि नहोला ।

हो, ओलीले अभिभावकत्व गरेका उनै रुपा र पवन थिए मञ्चमा ओलीको साथमा । प्रधानमन्त्री ओली निकटहरुले बताए अनुसार रुपा र पवनलाई ओलीले नातिनातिना मान्छन् ।

रुपा र पवनलाई मञ्चमा बोलाएर ओलीले सोधे— ‘चिन्यौं’ भन्दै दुवैजना खुसी भए अनि ओलीको हात समाते । ओलीले पनि उनीहरुलाई साथमा राखेर कुराकानी गरे । १० महिनापछि ओलीले आफ्ना नातिनातिना भेटेका हुन् ।

ओलीले दुवैलाई काखमै राखे, ओलीलाई भेट्दा रुपा र पवन पनि मख्ख थिएओलीले रुपा र पवनका आमाहरुलाई पनि भेटे । अनि नातिनातिनालाई राम्रो हेरविचार गर्न भने । रुपा र पवन स्थानीय कल्याणपुर माविमा पढ्छन् ।

प्रधानमन्त्री ओली निकटहरुले दिएको जानकारी अनुसार रुपा र पवनका लागि ओलीले खर्च पनि पठाउने गरेका छन् । उनीहरुको पढाई र स्वास्थ्य वारे जानकारी पनि लिने गरेका छन् ।रुपा र पवनका आमाहरुका अनुसार दुवै वालवालिकाले टेलिभिजनमा ओलीलाई देख्दा ‘हाम्रो हजुरबा’ भन्दै खुसी हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...