प्रधानमन्त्री केपी ओलीले नातीनातिनी बनाएका को हुन् यि दुई वालवालिका ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओली सिराहा आए । उनी यहाँ आउनुको विभिन्न मध्ये एउटा उद्देश्य चाहिँ सार्वजनिक गरिएको थिएन ।

उनको उद्देश्य थियो— नातिनातिना भेट्ने ।

हो, ओलीले सिराहामा आफ्ना नातिनातिना पनि भेटे ।सिराहाको सभामा मञ्चमा ओलीको साथमा थिए पाँच वर्षकी रुपाकुमारी खत्वे मण्डल र ६ वर्षका पवन मण्डल पनि थिए ।

ससाना वालवालिकासँग हुँदा धेरैले ती को हुन् भन्ने खासै ध्यान दिएनन् । तर, रुपा र पवन ओलीका नातिनातिना हुन् ।

गत वर्ष विद्यार्थी भर्ना अभियान चलिरहेको थियो । प्रधानमन्त्री ओलीले सिराहाका दुई बालिबालिकाको अभिभावकत्व ग्रहण गरेको समाचार आयो । समाचार आउँछ जान्छ, यस्तै भइरहन्छ । त्यो समाचार धेरैलाई सम्झना पनि नहोला ।

हो, ओलीले अभिभावकत्व गरेका उनै रुपा र पवन थिए मञ्चमा ओलीको साथमा । प्रधानमन्त्री ओली निकटहरुले बताए अनुसार रुपा र पवनलाई ओलीले नातिनातिना मान्छन् ।

रुपा र पवनलाई मञ्चमा बोलाएर ओलीले सोधे— ‘चिन्यौं’ भन्दै दुवैजना खुसी भए अनि ओलीको हात समाते । ओलीले पनि उनीहरुलाई साथमा राखेर कुराकानी गरे । १० महिनापछि ओलीले आफ्ना नातिनातिना भेटेका हुन् ।

ओलीले दुवैलाई काखमै राखे, ओलीलाई भेट्दा रुपा र पवन पनि मख्ख थिएओलीले रुपा र पवनका आमाहरुलाई पनि भेटे । अनि नातिनातिनालाई राम्रो हेरविचार गर्न भने । रुपा र पवन स्थानीय कल्याणपुर माविमा पढ्छन् ।

प्रधानमन्त्री ओली निकटहरुले दिएको जानकारी अनुसार रुपा र पवनका लागि ओलीले खर्च पनि पठाउने गरेका छन् । उनीहरुको पढाई र स्वास्थ्य वारे जानकारी पनि लिने गरेका छन् ।रुपा र पवनका आमाहरुका अनुसार दुवै वालवालिकाले टेलिभिजनमा ओलीलाई देख्दा ‘हाम्रो हजुरबा’ भन्दै खुसी हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...