राजदूत हुन लक्कीले खर्च गरेको ३ करोड स्वाहा,यसरी रुदै दिईन राजिनामा



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लगेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले अन्ततः राजीनामा गर्न बाध्य भइन् । परराष्ट्र मन्त्रालयको आग्रहमा उनी हिजो मात्र नेपाल आएकी थिइन् ।

 

राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । लक्कीले राजदूत हुन् तत्कालिन माओबादी अध्यक्ष प्रचण्डलाई र अहिलेका प्रधानमन्त्री ओलीलाई गरी जम्मा तीन करोडमा राजदूत पद खरिद गरेको चर्चा सेलाएको छैन।

 

छानबिन समितिले बोलाएपछि उनी केही समय पहिले नेपाल आएर जवाफ दिएकी थिइन् । समितिले रिपोर्ट मन्त्रालयलाई बुझाएपछि उनी अष्ट्रेलिया गएर आफ्नो सामानसहित फिर्ता भएकी हुन् । र उनले राजिनामा पत्र बुझाउदै आशु झारेको पररास्ट्र मन्त्रालय श्रोतले बतायो।

 

तत्कालीन माओवादी केन्द्रका तर्फबाट राजदुतमा नियुक्त शेर्पा विवादमा तानिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनलाई राजीनामा दिन सुझाएका थिए।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...