राजदूत हुन लक्कीले खर्च गरेको ३ करोड स्वाहा,यसरी रुदै दिईन राजिनामा



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लगेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले अन्ततः राजीनामा गर्न बाध्य भइन् । परराष्ट्र मन्त्रालयको आग्रहमा उनी हिजो मात्र नेपाल आएकी थिइन् ।

 

राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । लक्कीले राजदूत हुन् तत्कालिन माओबादी अध्यक्ष प्रचण्डलाई र अहिलेका प्रधानमन्त्री ओलीलाई गरी जम्मा तीन करोडमा राजदूत पद खरिद गरेको चर्चा सेलाएको छैन।

 

छानबिन समितिले बोलाएपछि उनी केही समय पहिले नेपाल आएर जवाफ दिएकी थिइन् । समितिले रिपोर्ट मन्त्रालयलाई बुझाएपछि उनी अष्ट्रेलिया गएर आफ्नो सामानसहित फिर्ता भएकी हुन् । र उनले राजिनामा पत्र बुझाउदै आशु झारेको पररास्ट्र मन्त्रालय श्रोतले बतायो।

 

तत्कालीन माओवादी केन्द्रका तर्फबाट राजदुतमा नियुक्त शेर्पा विवादमा तानिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनलाई राजीनामा दिन सुझाएका थिए।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...