आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द



हाम्रो इकोनोमि

 

२४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको माग पूरा गराउन दबाबस्वरुप देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । नेपाल चिकित्सक संघले डा. केसीको माग वार्तामार्फत पूरा गराउन आग्रह गर्दै आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेको हो ।

 

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “डा. केसीको स्वास्थ्यमा गम्भीर असरहरु देखिन थालेको विद्यमान अवस्थामा सरकारको यो निस्किृय कदमप्रति हामी मर्माहत भएका छौं ।

 

आम सर्वसाधारण नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय चिकित्सा तथा स्वास्थ्य सेवाका लागि निरन्तर लडिरहेका सत्याग्रहीका सम्बन्धमा सरकार मौन रहनु र डा. केसीको जीवन रक्षार्थ आधारभूत मानव अधिकारको समेत पालना नगरिएको हुनाले नेपाल चिकित्सक संघले मिति २०७५ माघ १८ गते शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलनस्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेजलगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।”

 

संघले डा. केसीको जीवन रक्षाका निम्ती संघको नेतृत्वमा घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथी उठेर मानवीय संवेदनशीलतालाई आत्मसाथ गर्दै नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुले पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । माग पूरा गर्ने अवस्था नभए यो भन्दा पनि कडा कदमहरु चाल्ने परिस्थिति सिर्जना नगर्न सरकारलाई चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...