अस्पताल बन्द गराउने चिकित्सकको लाइसेन्स खारेज गरी फाैजदारी अभियोगमा मुद्दा चलाउन माग



हाम्रो इकोनोमि

 

अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सको लाइसेन्स खारेज गरी  फौजदारी अभियोगमा मुद्दा चलाउन माग भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पूर्व महान्यायाधीवक्ता प्रा डा युवराज संग्रौलाले अस्पताल बन्द गरी हड्तालमा उत्रने चिकित्सकहरू माथि फौजदारी अभियोगममा मुद्दा चलाउन माग गरेका छन । उनले महान्यायाधीवक्ताको कार्यालयले अत्यावश्यक चिकित्सा सेवामा हड्ताल गर्ने चिकित्सकको विरूद्धमा मुद्दा चलाउन किन आँट नगरेको भनेर प्रश्न समेत गरेका छन ।

 

प्रा डा सांग्रौलाले आफ्नो फेसबुकमा लेखेका छन

तस्बीरमा प्रा डा संग्राैला र अखिलका महासचिव महर ।

 

यस्तै अनेरास्ववियुका महासचिव ऐन महरले अस्पताल जस्तो अति संबेदनसिल क्षेत्रमा सेवा ठप्प पारेर आफुलाई बहादुर सम्झने डाक्टरको तुरुन्त लाइसेन्स खारेज गर्न माग गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो माग गरेका हुन । महरले फेसबुकमा यस्तो लेखेका छन ।

 

सामाजिक सञ्जालमा हजाराैँले चिकित्सक संघको अस्पताल बन्द गराउने निर्णयको बिरोध गरेका छन । शुक्रबार चिकित्सक संघमा रहेका नेपाली कांग्रेस निकटका चिकित्सकहरूले अस्पतालको ओपिडी सेवा बन्द गराएका छन । उनीहरूले देशैभरको अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द गराउने भन्दै बिहीबार नै निर्णय गरी सबै अस्पतालमा रहेका संघका इकाइहरूमा परिपत्र गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...