फेरि अनसन सुरु गर्दै अन्ना हजारे



हाम्रो इकोनोमि

 

भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित नागरिक अगुवा अन्ना हजारेले फेरि अनसन शुरु गर्ने भएका छन् ।

जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै बुधबार आफ्नै गाउँमा अनसन बस्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

महाराष्ट्रको अहमदनगर, रालेगन सिद्धीमा अनसन बस्न लागेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक-पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्न लागेका हुन् ।

केही दिनअघि उनले लोकपाल र लोकायुक्त नियुक्तको माग गरेर मोदीलाई पत्रसमेत लेखेका थिए ।

केन्द्र सरकारले जनतालाई पटक-पटक धोका दिएकाले आफू अनसन बस्न परेको तर आफ्नो अनसन कुनै पार्टी वा व्यक्तिविरुद्ध नरहेको हजारेको भनाइ छ ।

भारतीय सरकारबाट पेन्सन थाप्ने गरेका पूर्वसैनिक हजारेले १६ अगस्त २०११ मा लोकपाल विधेयक पारित गराउन माग गर्दै आमरण अनसन गरेका थिए ।

लोकपाल विधेयकमा के छ ?

विधेयकमा केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त गठन गर्नुपर्ने व्यवस्था छ । दुबै संस्था उच्च न्यायलय वा निर्वाचन आयोगसरह स्वतन्त्र हुनेछन् ।

कुनै पनि मुद्दा तीन महिनाभित्र पूरा हुनुपर्ने र सुनुवाइ छ महिनाभित्र भइसक्नुपर्ने उल्लेख छ । यस्तै भ्रष्ट ठहर भएका नेता, उच्च अधिकारी वा न्यायाधीशलाई वर्षदिनभित्र जेल पठाइसक्नु पर्नेछ ।

कुनै पनि नागरिकको काम तोकिएको समयमा भएन भने दोषी अधिकारीले जरिवाना तिर्नुपर्नेछ । जरिवाना रकम पीडित नागरिकलाई क्षतिपूर्ति दिइने छ ।

लोकपालका कुनै पनि कर्मचारी विरुद्ध उजुरी परेको अवस्थामा दुई महिना भित्र छानविन गरेर बर्खास्त गरिने भारतीय लोकपाल विधेयकमा उल्लेख छ ।

आँचल भन्छिन्– ‘पलसँग विवाह हुदैँ हुदैँन’

 

नायिका आँचल शर्मा र चललेटी नायक पल शाहको प्रेमको विषयमा चर्चा भइरहन्छ ।

मिडियामा पनि उनीहरुको प्रेमसम्बन्धको बारेमा ब्यापाक रुपमा चर्चा चल्छ । यद्यपि उनीहरुले आफुहरुबीच प्रेमसम्बन्ध नभएको बताउँदै आएका छन् ।

पल र आँचलको प्रेमको कुराले निरन्तरता पाइरहँदा नायिका आँचल शर्माले आफुहरुबीच प्रेमसम्बन्ध नरहेको पुनः दोहो¥याएकी छन् । एक मिडियासँगको कुराकानीमा आँचलले पलसँग विवाहको सम्भावना पनि नभएको बताएकी छन् । तपाईँ र पलको विवाहको सम्भावना कति प्रतिशत छ भन्ने प्रश्नको जवाफमा नायिका शर्माले ‘१ प्रतिशत पनि छैन’ भन्ने जवाफ दिएकी हुन् ।

आफ्नो कुरालाई थप स्पस्ट पादै शर्माले थपिन्, ‘हामीबीच साथीबाहेक अरु किसिमको सम्बन्ध नै छैन, कल्पनामा पनि नसोचेको कुरा हो ।’ आफुहरुबीच ब्यक्तिगत रुपमा विवाह गर्ने सम्मको सम्बन्ध भईनसकेको आँचलको तर्क छ । यद्यपी दर्शकहरुले केमेस्ट्री मनपराएकोमा खुसी ब्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...