निर्मलाकी आमा भन्छिन,म माथि पनि बलात्कार हुने डर छ, यस्ता डरलाग्दा मान्छे आउछन,श्रीमानले जहिल्यै हान्छन



हाम्रो इकोनोमि

 

निर्मला पन्तकी आमा दुर्गाले केही दिनयता नयाँ मान्छेलाई भेट्न मुस्किल भएको बताएकी छन् । कसैले आफूमाथि निगरानी गरिरहेको उनको भनाइ छ ।

घरमा नयाँ मान्छे आउँदा पनि समस्यामा परिरहेको उनले बताएकी छन् । कुराकानी गर्दै उनले भनिन, ‘कसैले मेरो जासुसी गर्न मान्छे खटाएका छन कि जस्तो लागेको छ । मैले कसैसँग कुराकानी गर्दा चार/पाँच जना मान्छे आइहाल्छन् ।’

मैले कोसँग भेटे, किन भेटे, को आयो ? भनेर आफुमाथि नै जासुशी हुन थालेको उनको भनाई छ । ‘भेटेर गएपछि पनि यताउता आएर के हो ? कस्तो हो ? के कुरा भयो भनेर सताउने गरेका छन्,’ दुर्गाले भनिन् ।

डिएनए परीक्षणको विषयलाई लिएर घरमा भएको विवादले झन समस्या थपेको उनको भनाइ छ । श्रीमानले पनि अरुको बहकाउनमा लागेर दुःख दिइरहेको दुर्गाले गुनासो गरिन् । ‘मेरो पक्षमा कुरा गर्नेलाई गाली गर्ने उहाँको पहिलेदेखिको बानी हो, अहिले पनि त्यस्तै गरिरहनु भएको छ,’ उनले भनिन् ।

गत साउन १० गते साथीको घरमा कापि लिन गएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त वेपत्ता भएकी थिइन् । उनको साउन ११ गते घरनजिकैको उखुबारीमा शव भेटिएको थियो । मेडिकल रिपोर्टमा बलात्कारपछि हत्या गरिएको देखिएको थियो ।

त्यसयता घटनाको अनुसन्धानका लागि दर्जनौ छानविन समिति बनेका छन् । गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले समेत उच्च स्तरीय छानविन समिति खटाएको थियो । तर, कुनै पनि छानविन समिति हत्या कसरी भयो भन्नेसम्म समेत पत्ता लगाउन सकेनन् ।

सरकारले अनुसन्धानमा लापरवाही गरेको ठहर गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी डिल्लीराज बिष्ट र महेन्द्रनगर वडा प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरिसकेको छ । अहिले पनि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

निर्मलाकी आमाले भने आफ्नी छोरीको हत्यारा पत्ता लगाएर कारवाही गराउन अहिले लागिपरेकी छन् । ६ महिनासम्म हत्यारा पत्ता लगाएर कारवाही नगरिएकाले नै आफ्नो घरपरिवारमा समस्या थपिदै गएको उनको भनाइ छ । उनका श्रीमान यज्ञराजले यस अघि कुटपिट गरेको भिडियो समेत भाइरल भएको थियो । अहिले पनि उनले दुःख दिन छोडेका छैन । र निर्मलाकी आमालाई आफुपनि छोरी जस्तै बलात्कृत हुने हो की भन्ने त्रास छ।

कतिपयले राहत रकमसँग जोडेर बदनाम गर्न खोजेको दुर्गाको गुनासो छ । आफ्नी छोरीभन्दा ठूलो केही नभएको उनले बताइन् । ‘मेरा लागि मेरी छोरीभन्दा ठूलो पैसा होइन । मलाई पैसा देऊ भनेको छैन, मेरी छोरीका हत्यारालाई कारवाही गरिदिनुस, मलाई अरु केही चाहिँदैनँ,’ उनले सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...