दुनियाँ लोभिने भद्रगोलकी रक्षा श्रेष्ठका यी म्यारिज लुक्स,



हाम्रो इकोनोमि

 

सायद बिबाहको समारोह र भोजले नछुने कमै हुन्छन् । पछिल्लो समयकी चर्चित कलाकार रक्षा श्रेष्ठपनि बैबाहिक माहोलमा देखिएकी छिन् । अत्यन्तै आकर्षक लुक्समा भेटिएकी उनलाई हामीले लभगुरु मन्त्र के हो भनेर सोधेका थियौँ ।

उनले प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । मैले अभिनय गरिरहेको हास्यश्रृंखला भद्रगोलमा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइन, घृणाचाहिँ पाइन्छ ।

विशेष गरी महिला मित्रलाई असल मित्र बनेर देखाउनुहोस् । प्रभावित गर्न पहिले आफ्नो मन र व्यवहार असल हुनुपर्छ । फलानोसँग प्रेम गर्छु र उसैलाई पाउँछु भन्नु चलचित्रको कथामा मात्र सुहाउँछ ।

वास्तविकतामा जोसँग प्रेम गर्न खोजिएको हो, उसको मनोभाव एवं चाहना पनि बुझ्नु आवश्यक हुन्छ । प्रेममा परिसकेपछि पर्याप्त इमान्दारिता चाहिन्छ । इमान्दार रहन सकिएन भने सम्बन्ध बिग्रन बेर लाग्दैन ।

आफ्नो समस्या र आवश्यकताभन्दा पनि उसको समस्यामा बढी ध्यान दिँदा उसले पनि आफ्नो समस्या एवं आवश्यकतामा ध्यान दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन । सायद यो गुरुमन्त्र युवा पिडिलाई खुबै काम लाग्न सक्छ । हेरौ उनका केही म्यारिज लुक्स ।

बिराटचौक ट्रिपर दुर्घटना : एक्ली सन्तान लक्ष्मीको अन्तिम संस्कारमा आमाबुबा आएनन्

शव बाँध्ने गरी बाँसका चोया पनि निकालिँदैछ ।

मानिसको हुल बीच घरको मूलढोका अगाडि एक महिला आम्खोरामा पानी बोकेर बाहिर आइन् र शव राख्न ठिक्क पारिएको ठाउँमा पानी अचाइन् । हुल निःशब्द रह्यो । सबैका आँखा चलमलाइरहे ।

अघिल्लो दिन रणभूमिजस्तो बनेको सो स्थान आज सुनसान देखिन्थ्यो ।यो दृश्य सुन्दरहरैँचा–९ स्थित लेखनाथ ढकालको घरको हो । दिवङ्गत भतिजी लक्ष्मीको पार्थिव शरीर कुरिरहेका ढकालले हामीलाई भन्दै थिए, ‘मङ्गलबारे अस्पतालबाट लाश आउँदैछ, आजै इटहरीस्थित बुढीखोलामा दाहसंस्कार गर्ने हो ।’

सोमबार लक्ष्मीको मृत्यु भएसँगै ढकाल परिवार पीडामा छ । भाइ चुडामणि र बुहारी सबिताबीच वर्षौँदेखि खटपट हुन थालेपछि लक्ष्मीको अभिभावकत्व लेखनाथले लिएका थिए । भाइ र बुहारी अलग भएको लामो समयपछि पछिल्लो शनिबार बुहारीको फोन आयो, ‘मैले अर्कैै व्यवहार गरें । मेरो खोजी नगर्नू ।’बुहारीको फोन आउँदा भाइ घाइते भएको केही दिन भएकोे थियो । दाइले दुःखी हुँदै भने, ‘भाइको नियमित रक्सी खाने खराब लतले परिवारमा विचलन आयो ।’ सवारी दुर्घटनमा परेका भाइले औषधीको सट्टा बढी रक्सी पिएपछि थप शिथिल बनेका थिए । विराटनगरस्थित नोबेल मेडिकल अस्पताल लग्ने तयारी हुँदाहुँदै लक्ष्मीको शिरमाथिबाट ट्रिपर दौडियो ।

सडकमा आगो बल्न थालेपछि लक्ष्मीका बुबालाई थप व्यथाले च्याप्दै लग्यो । सडकमा ढलेकी छोरी छाडेर आफ्नो उपचारका लागि चुडामणि अस्पताल पुगे । व्यथाले गल्दै गएका उनी मङ्गलबार छोरीको अन्तिम संस्कारमा आउन सकेनन् । न त अन्तै बिहे गरेकी आमा नै छोरीको अन्तिम संस्कारमा आइन् ।दाइ लेखनाथलाई चिन्ता छ, भाइ बाँच्छ कि बाँच्दैन भन्ने । चिकित्सकले दिल्ली लग्न सके मात्र बाँच्ने बताएका छन् । तर, ग्यारेन्टी गरेका छैनन् । उनको एउटै ध्येय थियो, भाइले रक्सी नपिदिएको भए परिवार हाँसीखुशी बस्थ्यो ।अन्तरकुन्तरमा उनको मनमा लाग्छ, कतै बुवाआमा सँगै भए छोरी लक्ष्मी आज पनि हामीसँगै नजिकिइरहेकी हुन्थी कि ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...