शिक्षण अस्पतालभित्र तनाव, प्रहरी र चिकित्सकबीच झडप



हाम्रो इकोनोमि

 

शिक्षण अस्पताल महाराजगञ्जभित्र तनाव भएको छ । आवासीय चिकित्सकहरुले १९ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीको पक्षमा प्रदर्शन गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो ।

 

प्रहरीले अस्पताल हाताभित्र प्रदर्शन गर रोक लगाउन खोजेपछि स्थिति तनावपूर्ण बनेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले प्रहरीसंग भनाभन र झडप समेत भएको बताएका छन् ।

 

सरकारले डा केसीको स्वास्थ्य गम्भीर बन्दासमेत अनसन तोडाउनेबारे कुनै पहल थालेको छैन ।  त्यसैगरी चिकित्सकको आग्रह विपरीत संसदबाट शुक्रबार चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएपछि चिकित्सकहरु थप कठोर बनेका छन् ।

 

नेपाल चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम सकिएको छ । दिउँसो शिक्षण अस्पतालमै भेला भएर चिकित्सकहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेपछि सरकारले प्रहरी प्रशासन लगाएर संघका पदाधिकारीलाई कार्वाही गर्न निर्देशन नै दिएको छ ।

 

नेविसंघका दर्जनबढी कार्यकर्ता बालाजुबाट पक्राउ, को को परे ?

नेपाल विद्यार्थी संघ नेविसंघका कार्यकर्ताहरु राजधानीको बालाजुबाट पक्राउ परेका छन् ।  नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले दिएको जानकारी अनुसार पवन थापा, सन्तोष गुरुङ, किरण भट्टराई, परोपकार अधिकारी, सन्तोष अधिकारी, सुवास अधिकारी, राजु अधिकारी, उत्तम पाठक, चन्द्र रावत, मातृकाप्रसाद उपाध्याय, धनबहादुर शाही, दिपेन्द्र ढकाल, सुसान्त सिटौला, बासुदेव अधिकारी र सिलास थापा पक्राउ परेका हुन् ।

 

ग्रामिण एन आर कलेज अगाडिबाट विरोध गर्न सुरु गर्ने बित्तिकै प्रहरीले उनीहरुलाई समातेको थियो । सरकारको विरोध गर्दै डा केसीको जीवन रक्षा गर, निर्मलालाई न्याए दे जस्ता नारा उनीहरुले लगाएका थिए ।

 

सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई पेल्ने नीति बनाएपछि काँग्रेससंगै उसका भ्रातृ संगठनहरु आक्रामक बन्दै सडक उत्रिएपछि सरकारले पनि कठोर नीति लिएको हो ।

 

विद्यार्थीहरुले नेपाली काँग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि आन्दोलन गरेका हुन् ।

त्यसैगरी सत्याग्रही डा गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...