योगेश भट्टराईले डा केसीलाई भने अनसन छोडेर खुसी मनाउनुस्



हाम्रो इकोनोमि

 

 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा सांसद भट्टराईले भने, डा. केसीलाई भन्न चाहन्छु, तपाईको सतप्रतिशत जित भएको छ । अनसनबाट निस्कनुस्, खुसी मनाउनुस् ।’

 

उनले अब डा. केसीले जीन्दगीभर आनसन बस्नु नपर्ने दाबी गरे । उनले भने, डा. केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ ।’

 

सांसद भट्टराईले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुनै हालतमा विचल्लीमा नपर्ने दाबी गरे ।

 

उनले भने, आजै कार्यबाहक प्रधानमन्त्रीले स्पष्टीकरण दिने योजनामा थियौं तर, अवरोधका कारण बोल्न पाउनु भएन । तर, म भन्न चाहन्छु, तनहुँ र बाँकेका दुबै अस्पताल विचल्लीमा पर्ने छैन बजेट व्यवस्थापन गरेर सञ्चालन गर्छ ।’

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. गोविन्द केसीको शतप्रतिशत जित भएको छ ।कांग्रेसको अवरोधका बीच शुक्रबार प्रतिनिधिसभा बैठकले विधेयक पास गरेको थियो ।

 

देउवाले भने सदन र सडकमा आन्दोलन गर्छौं

 

आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको छ । संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी भएको बताए । साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनले बताए । अब सदन र सडकमा संघर्ष गर्ने देउवाले बताए ।

 

कांग्रेसको अवरोध र नारावाजीबीच चिकित्सा शिक्षा विधेयक पास

 

प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।

 

कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए । लगतै विधेयकमाथि छलफल गर्न समय दिए तर, कसैले पनि भाग लिएनन् ।लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पास भयो ।

 

सदनमा के भन्यो कांग्रेसले

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

 

शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले सचेतक पुष्पा भुसाललाई समय दिइन् । उनले सरकारको निर्णय सच्याउनु पर्ने बताइन् ।

 

ई तिहाईको बलमा संसद चलाउन नसक्ने भन्दै उनले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताइन् । मन्त्री स्वयंमले सहमतिअनुसार विधेयक आउँछ भनेर प्रतिवद्धता गरेको स्मरण गराउँदै उनले भनिन्, संसदको सम्पत्ति भइरहेको विषयमा इमान्दारिता हुनुपर्छ ।

भएन भने प्रमुख प्रतिपक्षी दलले त्यसको निगरानी त गर्नै पर्‍यो नि सभामुख महोदय ।’ सांसद भुसाल बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...